News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेल बिजनेसले दामी एक्सपिरियन्ससँग साझेदारी गरी ४०० भन्दा बढी आउटलेटमा विशेष अफर सुरु गरेको छ।
- एनसेल सिग्नेचर योजना ग्राहकले रेस्टुरेन्ट, स्पा, व्यायामशाला र मनोरञ्जनमा ५० प्रतिशतसम्म छुट पाउनेछन्।
- एनसेल एपमा डिजिटल भीआईपी कार्ड सक्रिय गरी ग्राहकहरूले विभिन्न पार्टनर ब्रान्डबाट लाभ लिन सक्नेछन्।
१४ फागुन, काठमाडौं । एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा विशेष अफर सार्वजनिक गरेको छ। यो अफर ४०० भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने छ ।
मंगलबार एक सम्झौता पत्रमा दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेसँगै यो अफर औपचारिक रूपमा सुरु भएको हो। सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका थिए।
यस साझेदारीअन्तर्गत प्रोफेसनल वा प्रिमियम एनसेल सिग्नेचर योजनामा आबद्ध ग्राहकले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला र मनोरञ्जन गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यो अफर व्यावसायिक नेटवर्किङ, स्वस्थ जीवनशैली निर्वाहमा सहयोग गर्ने गरी तयार पारिएको छ। यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘यसले हाम्रा ग्राहकहरू लक्षित सिग्नेचर प्लानलाई अझ बढी विशेष बनाएको छ।’
जीवनशैलीसँग जोडिने सुविधाहरूसहित सिग्नेचर प्लानले गुणस्तरीय, सुरक्षित र विश्व स्तरीय सञ्चार सुविधाका साथ सफलताहरु प्राप्त गर्ने उनको विश्वास छ । दामी एक्सपिरियन्सले एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूलाई विशेष छुटहरू प्राप्त गर्न र उपभोग गर्न सहयोग गर्छ जसले उनीहरूलाई कम खर्चमा बढी लाभ प्राप्त गर्न मद्दत गर्छ।
यस साझेदारीअन्तर्गत प्रयोगकर्ताहरूले हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यस्तै दुसित प्रिन्सेस होटलमा २० प्रतिशत, विभिन्न व्यायामशालाहरूमा ४० प्रतिशतसम्म छुट लगायतका धेरै रोमाञ्चक अफर एनसेलका सिग्नेचर प्लान प्रयोगकर्ताले पाउन सक्नेछन् ।
‘झन्झटबिना, एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा ट्याप गरेर यी अफरहरूको फाइदा लिन सक्नेछन्’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘सरल प्रक्रिया पूरा गरेर एनसेल एप भित्रै रहेको डिजिटल भीआईपी कार्ड सक्रिय बनाएपछि ग्राहकले त्यहाँ सूचिकृत विभिन्न पार्टनर ब्रान्डहरूबाट विविध लाभ लिन सक्नेछन्।’
कुन कुन ब्रान्ड यो योजनामा सामेल छन्, के कस्ता अफरहरू प्राप्त गर्न सकिन्छ भन्ने जानकारी ग्राहकले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा गएर आफैं हेर्न सक्नेछन्।
प्रतिक्रिया 4