News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि कर सहित ५० रुपैयाँमा प्रिपेड सिम 'पहिलो सिम' सञ्चालनमा ल्याएको छ।
- पहिलो सिममा २ जीबी डेटा, ५० मिनेट टक टाइम, मेरो स्कुल र गेमिङ प्रिमियर लिगमा २८ दिन निःशुल्क पहुँच पाइन्छ।
- विद्यार्थीहरूले एसईई प्रवेशपत्र र आमा वा बाबुको नागरिकताको फोटोकपी लिएर देशभरका एनसेल सेन्टरबाट सिम लिन सक्छन्।
६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ । यो अफरमा विद्यार्थीहरूले कर सहित मात्र ५० रुपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्छन् ।
विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्ने कम्पनीले जनाएको छ । ‘यो पहिलो सिममा २ जीबी डेटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै मेरो स्कुल र गेमिङ प्रिमियर लिग (जीपीएल) मा २८ दिनका लागि निःशुल्क पहुँच पाइन्छ’ एनसेलले एक विज्ञप्तिमा भनेको छ ।
मेरो स्कुल एक डिजिटल लर्निङ प्लेटफर्म हो, जहाँ अनलाइन सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडिओ सामग्रीहरु उपलब्ध छन् । त्यसैगरी जीपीएल एक गेमिङ पोर्टल हो, जहाँ एचटीएमएलमा आधारित विभिन्न खेलहरूको मजा लिन सकिन्छ ।
पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्तीमा पनि निःशुल्क प्रयोग गर्न पाउँछन्, जसको मतलब ग्राहकले खल्ती प्रयोग गर्दा कुनै डेटा शुल्क लाग्दैन । साथै, यो सिम लिएका ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डेटा समेत पाउँछन्।
एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सक्छन् । सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईईको प्रवेशपत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी सहित नजिकको एनसेल सेन्टरमा जानु पर्दछ ।
आवश्यक प्रमाणीकरणपछि उनीहरूको सिम सक्रिय हुन्छ । एनसेलले एसईईका विद्यार्थीहरूका लागि सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो लोकप्रिय ‘पहिलो सिम’ अफरलाई यो वर्ष पनि निरन्तरता दिएको जनाएको छ ।
यो सिमले विद्यार्थीहरूलाई आफ्ना साथीभाइ, परिवारसँग सधैं सम्पर्कमा रहेर बाहिरी संसारसँग जोडिरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
प्रतिक्रिया 4