+
+
Shares

एनसेल-फुडमान्डुले ल्यायो खानाका परिकारमा १५० को छुट अफर

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १९:५९

६ फागुन, काठमाडौं । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमान्डु अर्डरमा छुट सुविधा प्रदान गर्दछ ।

यो अफरमा एनसेलका ग्राहकले फुडमान्डुमा गर्ने खानाका परिकार अर्डरमा १ सय ५० रुपैयाँ छुट पाउँछन् । ५ फागुनदेखि सञ्चालनमा आएको यो अफरमा ९९ वा त्यसभन्दा बढी मूल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकले  १ सय ५० छुटको कुपन प्राप्त गर्दछन् । यो कुपन फुडमान्डुमा १ हजार वा त्यसभन्दा बढी मूल्यका विभिन्न परिकार अर्डरमा प्रयोग गर्न सकिन्छ ।

एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकले छुट कुपन पाउँछन् । ग्राहकले यी प्याक एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्छन् । ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएस मार्फत प्राप्त गर्दछन् । यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरे त्यही अनुसार एकभन्दा बढी १ सय ५० छुटका कुपन प्राप्त गर्दछन् र यसरी प्राप्त कुपन फुडमान्डुको मोबाइल एप वा आधिकारिक वेबसाइट मार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिन्छ ।

कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहन्छ र यो अरू कसैलाई दिन पाइँदैन,  ग्राहक स्वयंले यो सुविधा लिन सक्ने सुनिश्चित गर्दछ । यो अफर एनसेलको रिन्युएबल प्याक, सापटी प्याक र गिफ्ट प्याक खरिदमा लागु हुँदैन ।

‘हामी एनसेलमा कनेक्टिभिटी भन्दा पर गएर ग्राहकको जीवनशैलीमा कसरी अर्थपूर्ण प्रभाव पार्न सक्छौं भनेर सधैं काम गरिरहेका हुन्छौं, फुडमान्डुसँगको यो साझेदारी नेपालको दूरसञ्चार क्षेत्रमा भएको यस प्रकारको पहिलो सहकार्य हो, जसले हाम्रा ग्राहकलाई सहजै दूरसञ्चार सेवामार्फत सम्पर्कमा रहँदै अतिरिक्त बचत सहित आफ्नो मनपर्ने परिकारको आनन्द लिन अवसर प्रदान गर्छ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।

यो साझेदारीले एनसेलले डिजिटल सेवालाई दैनिक जीवनशैलीसँग जोड्दै कसरी ग्राहक सुविधाका लागि काम गर्दैछ भन्ने परिभाषित गरेको छ । फुडमान्डुले हाल काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवलमा आफ्नो सेवा प्रदान गर्दै आएको छ, जसले नेपालको प्रमुख सहरका ग्राहकका लागि यो सहकार्यलाई झन् आकर्षक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?