+
+
Shares

बल्क एसएमएसबाट राजनीतिक सन्देश दिइएकोप्रति एनसेलको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले एक बल्क एसएमएस सेवा प्रदायकमार्फत राजनीतिक सन्देश प्रसारण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
  • एनसेलले उक्त अनधिकृत एसएमएस आफ्ना ग्राहकलाई प्रसारण नभएको स्पष्ट गरेको छ।
  • एनसेलले आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गरी ग्राहकको डेटा सुरक्षा र गोपनीयतामा उच्चतम मापदण्ड कायम गरेको छ।

३० पुस, काठमाडौं । एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा एसएमएस गरी राजनीतिक सन्देश प्रसारण भएको घटनाप्रति एनसेलले गम्भीर ध्यानाकर्षण भएको छ।

‘उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण नभएको पाइएको पनि स्पष्ट गर्न चाहन्छौं’ एक विज्ञप्तिमार्फत एनसेलले भनेको छ ‘घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्याङ्कनपछि, उक्त एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी आकाश टेकलाई सचेत गराइएको छ ।’

एनसेलले दूरसञ्चार सेवाको अनधिकृत वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको जनाएको छ । ‘एनसेलले प्रचलित कानुन, नियम, नैतिक मापदण्ड तथा ग्राहकको डाटा गोपनीयता उल्लङ्घन गर्ने कुनै पनि सामग्रीका लागि आफ्ना सेवाको प्रयोग कडाइका साथ निषेध गर्दै आएको छ’ कम्पनीले भनेको छ ।

सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनीका रूपमा एनसेलले ग्राहकको डेटा सुरक्षा र वैयक्तिक गोपनीयतामा उच्चतम मापदण्ड कायम गर्दै आएको छ ।

‘एनसेलमा ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षात्मक व्यवस्था लागू गरिएको छ’ कम्पनीले भनेको छ ‘ग्राहकको डेटा कुनै पनि अनधिकृत उद्देश्यका लागि साझा गरिँदैन वा दुरुपयोग हुन दिइँदैन ।’

एक जिम्मेवार सेवा प्रदायकका रूपमा सधै प्रचलित कानुनको पालना गर्दै आफ्ना ग्राहक तथा सरोकारवालाको विश्वास कायम राख्दै सेवा प्रदान गरिने एनसेलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?