+
+
Shares

जिन्स पाइन्टमा किन राखिन्छ सानो गोजी ? रोचक छ कारण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिन्स पाइन्टको साइडतिर सानो अतिरिक्त खल्ती १८७३ मा लेवी स्ट्रसले पकेट घडी हराउनबाट जोगाउनका लागि राखेका थिए।
  • त्यो समय मजदुर, किसान र गोठालाहरूलाई लक्षित गरी खल्तीमा पकेट घडी राख्न मिल्ने गरी डिजाइन गरिएको थियो।

जिन्सको पाइन्ट निकै लोकप्रिय पहिरन मध्ये एक हो । रेडिमेड पाइन्टहरूमा धेरैजसोको मुख्य रोजाइ जिन्स नै हुने गर्छ । जुनसुकै खालको पहिरनमा लगाउन मिल्ने भएकाले पनि यो बढी लोकप्रिय छ ।

हरेक जिन्स पाइन्टको साइडितरको खल्तीको माथि सानो अतिरिक्त खल्ती हुन्छ । तर त्यो खल्तीमा खासै केही पनि राखिदैन । निकै सानो भएकाले त्यो केही कुरा राख्न मिल्ने खालको पनि हुँदैन ।

जिन्स पाइन्टको साइडतिरका खल्तीसँगै एकतिर मात्रै यो राखिएको हुन्छ ।  प्रायले यसलाई एक डिजाइन मात्रै मान्छन् र यसको प्रयोग नै गर्दैनन् ।

फेसनका रूपमा मात्रै त्यो गोजीको डिजाइन गरिएको होला भन्ने अनुमान प्राय सबैको छ । यदि जिन्स पाइन्टबाट त्यो खल्ती निकालिदियो भने स्वरूप बिग्रेको र केही नमिलेको जस्तो देखिन्छ।

खासमा यो खल्ती किन राखिन्छ त ?

यो सानो खल्ती किन जिन्स पाइन्टमा राखियो भन्ने कुराको रोचक इतिहास छ । इतिहास हेर्दा १९औं शताब्दीमा पुग्नुपर्ने हुन्छ । जिन्सका आविष्कारक लेवी स्ट्रसले १८७३ मा तयार गरेको जिन्स पाइन्टको लटमा यस्तो विशेषता समावेश गरेका थिए । उनले त्यो समयको एउटा समस्या हल गर्नका लागि यो सानो खल्ती बनाएका थिए । यसको मुख्य उद्देश्य थियो- पकेट घडीलाई हराउनबाट जोगाउनु ।

त्यो समय अहिलेजस्तो नाडीमा बाँध्ने घडीको आविष्कार भइसकेको थिएन । खल्तीमा हालेर बोक्नुपर्ने पकेट घडीहरू हुन्थे । विशेष गरी मजदुर, किसान तथा गोठालाहरूलाई लक्षित गरी त्यो विशेषता थप गरिएको थियो । उनीहरूले दिनभर कडा मेहनत गर्नुपर्ने हुन्थ्यो । कारखाना, खानी तथा खेतबारी र वनजंगलमै धेरै समय बिताउनु पर्ने हुन्थ्यो । काम गर्ने क्रममा खुकुलो खल्ती राखेका घडी हराउने समस्या धेरै थियो ।

यो समस्या नहोस् भनेर लेवी स्ट्रसले आफ्ना उत्पादनमा सानो र टाइट खल्ती राखेका थिए । उक्त समयका लागि निकै प्रभावकारी ठहरिएको त्यो उपाय कालान्तरमा फेसन नै बन्न पुग्यो । त्यो फेसन अहिलेसम्म पनि कायम छ ।

धेरैले यो खल्तीप्रति वास्तै गर्दैनन् । कतिपयले साना तर बहुमूल्य वस्तुहरू जस्तै: सिक्का, साँचो, ‌औंठी वा कुनै गहना त्यो खल्तीमा राख्ने गर्छन् । कतैको कुपन, टिकट वा साना कागज पत्र हराउनबाट जोगियोस् भनेर त्यो खल्तीमा राख्नेहरू पनि हुन्छन् । चुरोट सेवन गर्ने कसै-कसैले लाइटर राख्ने गरेको पनि पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?