+
+
Shares

निर्माण व्यवसायीले देशभरका जिल्ला प्रशासन कार्यालयमा बुझाए ज्ञापनपत्र, आधा घण्टा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल निर्माण व्यवसायी महासंघले पश्चिम एसियामा जारी युद्धका कारण मूल्यवृद्धि समस्या सम्बोधन नगरेपछि शान्तिपूर्ण विरोध कार्यक्रम सुरु गरेको छ।
  • महासंघले सडक विभाग र उर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएर आधा घण्टा धर्ना दिएको छ।
  • ७७ जिल्लाका निर्माण व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर आधा घण्टा धर्ना दिने कार्यक्रम जारी राख्ने महासंघले जनाएको छ।

३१ वैशाख, काठमाडौं । पश्चिम एसियामा  जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ ।

महासंघले तय गरेको पूर्व निर्धारित शान्तिपूर्ण विरोधका कार्यक्रम अनुसार बिहीबार केन्द्रमा एसोसिएट सदस्य समन्वय समितिको तर्फबाट सडक विभाग र उर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाइ ती विभागमा आधा घण्टा धर्ना दिइएको छ ।

एसोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले महानिर्देशक द्वयलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे अवगत गराए ।

यसैबीच महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले बिहीबार नै प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइ शान्तिपूर्ण तवरमा आधा घण्टा धर्ना दिएका छन् ।

मूल्यवृद्धिका कारण अब उप्रान्त निर्माण कार्य बन्द हुने परिस्थिति आएको महासंघले जनाएको छ । यी विषयमा अवगत गराउँदै ज्ञापन पत्र दिएर देशभरका जिल्ला प्रशासन कार्यालयमा आधा घण्टा धर्ना दिइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए ।

महासचिव घिमिरेका अनुसार जिल्ला संघहरूले शुक्रबार र आगामी सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन र सिँचाइ कार्यालयहरूमा ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिनेछन् ।

विरोधकै कार्यक्रम अन्तर्गत सात प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने महासंघका नीतिगत उपमहासचिव एवम् प्रवक्ता मंगलबहादुर शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?