+
+
Shares

लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्रमा एनसेलको सेवा विस्तार, नेटवर्क समस्या हट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास जंगल क्षेत्रमा एनसेलले ८ किलोमिटर क्षेत्रमा मोबाइल नेटवर्क सेवा उपलब्ध गराएको छ।
  • एनसेलले वन क्षेत्रमा नयाँ प्रविधिको लिन नेटवर्क सोलुसन प्रयोग गरी सेवा उपलब्ध गराएको छ।
  • डिभिजन वन कार्यालय र अन्य वन कार्यालयहरूले सेवा उपलब्धताका लागि सहयोग र सहजीकरण गरेका छन्।

२ पुस, काठमाडौं । पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुले अब मोबाइलमा नेटवर्कको समस्या झेल्नु नपर्ने भएको छ ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो खण्डको ८ किलोमिटर क्षेत्रमा निर्बाधरुपमा दूरसञ्चार सेवा लिन सकिने बनाएको छ ।

दैनिक रुपमा हजारौं यात्रु पूर्वपश्चिम राजमार्गको यो जंगल हुँदै देशको पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ यात्रा गर्दछन्, तर यो खण्डमा मोबाइल नेटवर्कको कभरेज राम्रो थिएन । यो खण्ड वन तथा जंगलको क्षेत्रबाट गुज्रिएको मधेश प्रदेशकै सबैभन्दा लामो सडक खण्ड हो, जसको दूरी २१ किलोमिटर छ ।

साधारणतया राजमार्ग तथा वन क्षेत्रमा विद्युत् आपूर्ति र टावर व्यवस्थापनको समस्याले नेटवर्क नआउने र फोन नलाग्ने समस्या रहन्छ । एनसेलले सेवा उपलब्ध गराएसँगै यात्रु तथा वरपरका स्थानीय सहज सञ्चारबाट लाभान्वित भएका छन् ।

नेटवर्क नलाग्ने समस्या हटेको हुनाले जंगलको बाटोबाट यात्रागर्दा अब सुरक्षित महसुस भएको यात्रुहरु बताउँछन् । पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा सेवाको उपलब्धतालाई सुनिश्चित गर्न थप स्थानहरूमा टावर जडान गरी संचालन गर्न सम्भाव्यता अध्ययन भइरहेको एनसेलले जनाएको छ ।

वन क्षेत्रमा नयाँ टावर राख्न विभिन्न कारणले तत्काल सम्भव नभएकोले एनसेलले गढन्ता र लक्ष्मीनिया साझेदारी वन परिसरका निश्चित स्थानमा नयाँ प्रविधिको लिन नेटवर्क सोलुसनको प्रयोगमार्फत सेवा उपलब्ध गराएको हो ।

यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो सडक खण्डमा सेवा उपलब्ध गराउनका लागि डिभिजन वन कार्यलय (महोत्तरी), गढन्ता सब डिभिजन कार्यालय र बाँके सब डिभिजन वन कार्यालयले सहयोग तथा सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?