News Summary
Generated by OK AI. Editorially reviewed.- बहुदल व्यवस्थाले ३६ वर्ष पूरा गर्दा पनि देशमा सुख-समृद्धि र शान्ति नआएको जनाइएको छ।
- जनतालाई भ्रममा पारेर भ्रष्टाचार र विकृति फैलिएको र सार्वजनिक ऋणको बोझ बढेको आरोप लगाइएको छ।
- २१ गतेको चुनावमा राम्रा नेताहरू भित्र्याएर देशलाई गति दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
३६ वर्ष पुग्न लाग्यो हजुर बहुदल आई सुख-समृद्धि र शान्ति आउँछ भनेको ,
खोइ त हजुर देश वा राज्य चलाउने ले आफ्नो बाचा-कसम पुरा गरेको,
जनतालाई उक्साएर-मिलाएर झूट र भ्रमको विस्वास दिलाउने बानी पारेको,
त्यही भएर जे गर्दा पनी हुन्छ हामिले भन्ने गलत मनसायले विकृति फैलाएको,
स्वास्थ्य,शिक्षा,कृषि जन्य बस्तु र सेवाहरु उपभोग गर्नै नसक्ने किन बनाएको??
यहि मौका हो, मिलेर लुट्ने,सक्नेले लुट्ने भनि प्रचार गरि भष्ट्राचार मौलाएको,
३६ बर्षमा पटके पारामा सम्माननीय, माननीय, मन्त्री, सरकारी पद-दर्जा र सम्पत्तिमा रेकर्ड बनाएको,
केही बिचौलिया,आफु र आफ्ना लाई फाइदा हुने गरि, हामीलाई किन सार्वजनिक ऋणको बोझ बोकाएको??
भाषण, शासन,आस्वासन र अर्को लाई दोष दिई र म मात्रै राम्रो भनि खोई त काम गरेको,
देशलाई गति वा निकास दिन नसक्ने क्षमता भएका मानिसहरूले किन लाभको वा ठूलो पद ओगटेको,
देश अब कुनै पनी भष्ट्राचार र आन्दोलनको धक्का थेग्न नसक्ने गरी सिथिल अवस्थामा किन पुराएको??
के लान्छौं र तिमीले मलामी बाहेक त्यो आर्यघाटमा जिवन भरी भौतिक बस्तुहरु अकुत कमाएको,
२१ गतेको चुनावमा राम्रा नेता भित्राउँने सिजन आईरहेको,
अब त केही गर देश चलाउने हो,
हरेक नेपाली जिवित आत्माहरु ले सुख-समृद्धि र शान्ति खोजिरहेको,
प्रतिक्रिया 4