+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

कला कार्यक्रम तथा सिफारिसका लागि प्रतिष्ठानले माग गर्‍यो कलाकारको विवरण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले देशभरका विधागत दक्ष कलाकारहरूबाट व्यक्तिगत विवरण माग गरेको छ।

२६ मंसिर, काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले विधागत दक्ष कलाकारहरूबाट व्यक्तिगत विवरण माग गरेको छ । एक सूचना जारी गर्दै प्रतिष्ठानले देशभरका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, परम्परागत कला, वास्तुकला तथा बहुआयामिक कलामा दक्ष कलाकारहरूबाट व्यक्तिगत विवरण माग गरेको हो ।

प्रतिष्ठानका अनुसार विभिन्न कार्यशाला–प्रशिक्षण, तालिम, प्रदर्शनी, गोष्ठी, कला अनुसन्धान र कला व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्दा योग्य कलाकार छान्नुपर्ने भएकाले अद्यावधिक सूची मागिएको हो ।

त्यस्तै कला सङ्ग्रहालय, पार्क, स्तम्भ, मूर्ति उद्यानलगायतका सार्वजनिक स्थानका लागि चित्रकला वा मूर्तिकला सिर्जनाका काममा कलाकार सिफारिस गर्नुपर्ने अवस्थाले पनि विधागत दक्ष कलाकारहरूको प्रमाणित जानकारी आवश्यक पर्ने प्रतिष्ठानले जनाएको छ।

देशविदेशमा हुने सिर्जनात्मक कार्यक्रम तथा कलाकृतिसम्बन्धी योजनामा प्रतिष्ठानमार्फत कलाकार सिफारिस गर्नु पर्ने भएकाले यसअघि सूचीमा नपरेकाहरूले पनि सहभागिता जनाउन सक्नेछन्।

प्रतिष्ठानले सबै विधाका कलाकारलाई आफ्नो क्षेत्र, अनुभव र विधागत दक्षता खुल्ने गरी पूर्ण विवरण पछिल्लो ३० दिनभित्र पेश गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?