+

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

२०८२ मंसिर  २६ गते ११:३९ २०८२ मंसिर २६ गते ११:३९
सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सखरखण्ड नेपालका विभिन्न भू-भागमा फल्ने पोषिलो कन्दमुल हो जसमा भिटामिन ए, सी, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त हुन्छन्।
  • सखरखण्डले आँखाको स्वास्थ्य, रोग प्रतिरोधी क्षमता, पाचन, मुटु रोग निवारण, मधुमेह नियन्त्रण र क्यान्सर जोखिम कम गर्न मद्दत गर्छ।
  • सुन्तला रङको सखरखण्डमा बिटा–क्यारोटिन र बैजनीमा एन्थोसायनिन बढी हुन्छ, जसले विभिन्न स्वास्थ्य लाभ दिन्छन्।

सखररखण्डको स्वाद गुलियो हुन्छ । सखरखण्ड विभिन्न रङका हुन्छन्– सुन्तला, बैजनी, सेतो, पहेंलो ।

बाहिरपट्टी आलुको बोक्राजस्तो खैरो हुन्छ, कुनै भित्रपट्टी बैजेनी जस्तो त कुनै हल्का सुन्ताला र सेतो रङको हुन्छ । यसको आकारप्रकार पनि कोही लाम्चो र कोही छोटो र ठिक्कको हुन्छ ।

जे होस्, यसलाई बच्चाले मिठो मान्छन्, वृद्धले औषधि मान्छन्, चिकित्सकले सुपरफुड ।

सुन्तला रङकोमा बिटा–क्यारोटिन बढी हुन्छ भने बैजनीमा एन्थोसायनिन, जसले विभिन्न स्वास्थ्य लाभ दिन्छ । उमालेर खाँदा पोषक तत्वहरू बढी बच्छन्, भुट्दा वा फ्राइ गर्दा केही घट्न सक्छ ।

यो वास्तवमा प्रकृतिको सबैभन्दा शक्तिशाली ‘सुपरफुड’ मध्ये एक हो । नेपालका समथर भू-भागदेखि पहाडसम्म, चिसो तथा गर्मी सबै ठाउँमा यो फल्छ । जहाँ–जहाँ सखरखण्ड पुग्छ, त्यहाँ स्वाद मात्र होइन, स्वास्थ्यको खजाना पनि पुग्छ ।

सामान्य आलुको तुलनामा सखरखण्डमा भिटामिन ‘ए’ झन्डै ४०० बढी हुन्छ, क्यालोरी पनि कम हुन्छ । त्यसैले, विश्व स्वास्थ्य सङ्गठनदेखि हार्वर्डका पोषणविद्हरूसम्मले यसलाई ‘विश्वकै सबैभन्दा पोषिलो कन्दमुल’ मध्ये एक मान्छन् ।

किनकी, यसमा प्रशस्त मात्रामा भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्टहरू हुन्छन् । सामान्य आलुको तुलनामा यसमा भिटामिन ए को मात्रा धेरै हुन्छ र ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले मधुमेह भएकाहरुका लागि पनि उपयुक्त मानिन्छ ।

सखरखण्डले आँखा स्वास्थ्य, रोग प्रतिरोधी क्षमता, पाचन, मुटु रोग निवारण, क्यान्सर जोखिम कम गर्न र तौल नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ ।

सखरखण्डमा कति हुन्छ, पोषण ?

पोषण तथ्याङ्क (प्रति १०० ग्राम पकाएको सखरखण्डमा)

क्यालोरी – ७६–८६ क्यालोरी (काँचोमा ८६, उमालेकोमा कम)

कार्बोहाइड्रेट – १५–२० ग्राम (जसमध्ये प्राकृतिक चिनी ४–६ ग्राम)

प्रोटिन – १.४ देखि १.६ ग्राम

फ्याट – ०.१ देखि ०.२ ग्राम (लगभग शून्य)

फाइबर – ३–४ ग्राम (दैनिक आवश्यकताको १५ प्रतिशतसम्म)

भिटामिन ए (बीटा–क्यारोटिनबाट) – ७८७ देखि १५७४० आईयू (दैनिक आवश्यकताको ३०० देखि ४०० प्रतिशतसम्म, सुन्तला रङको सखरखण्डमा बढी हुन्छ)

भिटामिन सी – १५ देखि २० मिलिग्राम (दैनिकको २० देखि ३० प्रतिशत)

पोटासियम – ३००–४०० मिलिग्राम (मुटु र रक्तचापका लागि महत्वपूर्ण)

म्याङ्गनिज, भिटामिन बी६, आइरन, कपर आदि पनि प्रशस्त हुन्छ ।

एन्टिअक्सिडेन्टहरू – बीटा–क्यारोटिन, एन्थोसायनिन जस्ता एन्टिअक्सिडेन्ट बैजनी सखरखण्डमा पाइन्छ ।

सखरखण्डले स्वास्थ्यमा कस्तो फाइदा दिन्छ ?

१. आँखाका लागि फाइदाजनक

सखरखण्ड भिटामिन ए को सबैभन्दा राम्रो स्रोत हो । एक मध्यम आकारको सखरखण्डले दैनिक भिटामिन ए को शतप्रतिशत आवश्यकता पूरा गर्छ । भिटामिन ए ले राति हेर्ने क्षमता बढाउँछ, आँखाको सतह स्वस्थ राख्छ र उमेरसँगै आउने आँखासम्बन्धी रोग म्याकुलर डिजेनेरेसनबाट जोगाउँछ ।

अध्ययनहरू फुड एण्ड न्यूटिसियन रिसर्च र फ्रोन्टाइर्स इन फ्रर्मालोजीका अनुसार बैजनी सखरखण्डको एन्थोसायनिनले आँखा सुन्निएको कम गर्छ । ड्राई आई सिन्ड्रोममा राहत दिन्छ । विकासशील देशहरूमा भिटामिन ए को कमीले अन्धोपन हुने समस्या छ, सखरखण्ड यसको प्राकृतिक समाधान हो ।

२. रोग प्रतिरोधी क्षमता (इम्युनिटी) बढाउँछ

भिटामिन ए, सी र एन्टिअक्सिडेन्टहरूले रक्त कोषिकाहरूको उत्पादन बढाउँछन् र संक्रमणबाट जोगाउँछन् । पोलिस्याकाराइडहरू (विशेषगरी बैजनी सखरखण्ड) ले इम्युन रेस्पोन्सलाई नियमन गर्छ । हार्डवर्ड विश्वविद्यालयका अनुसार यसले श्वासप्रश्वास र आन्द्राको म्युकस मेम्ब्रेन मजबुत बनाउँछ ।

कोभिड जस्ता महामारीमा पनि यस्ता पोषक तत्वहरूले इम्युनिटी बलियो बनाउने अध्ययनहरूले देखाएका छन् ।

३. पाचन प्रणालीलाई स्वस्थ राख्छ 

प्रति १०० ग्राममा ३–४ ग्राम फाइबर हुने भएकाले कब्जियत हटाउँछ, आन्द्राको नियमितता कायम गर्छ र कोलोन क्यान्सरको जोखिम कम गर्छ । फाइबरले प्रिबायोटिकको काम गर्छ, जसले राम्रा ब्याक्टेरिया बिफिडोब्याक्टेरियम र ल्याक्टोलबासिलियस बढाउँछ । यसले संक्रमणीय डायरियाबाट जोगाउँछ । उमालेको सखरखण्डले छोटो चेन फ्याटी एसिड उत्पादन गर्छ जसले आन्द्राको कोशिकाहरूलाई ऊर्जा दिन्छ।

४. मुटु र रक्तचापका लागि लाभदायक

यसमा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्छ र सोडियमको प्रभाव कम गर्छ । फाइबरले कोलेस्ट्रोल घटाउँछ । एन्थोसायनिन र फेनोलिक कम्पाउन्डहरूले सुन्निएको कम गर्छन् र धमनीहरू स्वस्थ राख्छन् । साइन्सेस डायरेक्टको सिस्टेम्याटिक रिभ्यूले देखाएअनुसार, सखरखण्ड सेवनले रक्तचाप घटाउँछ र मुटु रोगको जोखिम कम गर्छ ।

५. मधुमेह नियन्त्रणमा सहयोगी

सखरखण्डको ग्लाइसेमिक इन्डेक्स उसिनेकोमा ४१ देखि ६० हुन्छ । यसले रगतमा चिनीको स्तर क्रमशः बढाउँछ । सेतो बोक्राको सखरखण्डको एक्सट्र्याक्टले इन्सुलिन सेन्सिटिभिटी बढाउँछ र टाइप–२ मधुमेहमा लाभ दिन्छ । फाइबर र एन्टिअक्सिडेन्टले इन्सुलिन रेसिस्टेन्स कम गर्छन् ।

६. क्यान्सर जोखिम कम गर्छ

सख्खरखण्डाको बीटा–क्यारोटिन, एन्थोसायनिन र अन्य एन्टिअक्सिडेन्टहरूले फ्री र्‍याडिकल्सलाई निष्क्रिय गर्छन् र क्यान्सर कोषिकाहरूको वृद्धि रोक्छन् । बैजनी सखरखण्डले अण्डकोष, कोलोन, स्तन र पेटको क्यान्सर कोषिकाहरूको वृद्धि रोकेको पाइएको छ । यसमा पाइने एन्थोसायनिनले सुन्निएको अंग बसाएर कम क्यान्सर निवारण गर्छ ।

७. मस्तिष्क स्वास्थ्य र तनाव कम

एन्थोसायनिनले न्यूरोइन्फ्लेमेसन कम गरी जसले स्मृति र सिकाइमा सहयोग गर्छ । जनावर अध्ययनहरूमा यसले अल्जाइमर जस्ता रोगबाट जोगाउने देखिएको छ । म्याङ्गनिज र पोटासियमले स्नायुमा तनाव कम गरी पोषण दिने काम गर्छ ।

८. छाला, तौल नियन्त्रण र अन्य लाभ

भिटामिन सी र ई ले कोलाजेन उत्पादन गर्छ, छाला चम्किलो बनाउँछ । कम क्यालोरी र उच्च फाइबरले तौल घटाउन सहयोग गर्छ । यसले कलेजोको स्वास्थ्य सुधार्छ, आइरन अब्जब्र्सन बढाउँछ र एन्टी–इन्फ्लेमेटरी गुणले बाथजस्ता रोगमा राहत दिन्छ ।

सखरखण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय