+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवेदन खुला गरिएको छ र सात दिनभित्र दरखास्त दिन आह्वान गरिएको छ।
  • उपकुलपति पदमा मनोनीत हुनेले प्रशासनिक नेतृत्व, योजना कार्यान्वयन र समन्वयका जिम्मेवारीहरू वहन गर्नुपर्नेछ।
  • गत २९ असोजमा उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त भएको छ।

२५ मंसिर, काटमाठौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवदेन खुल्ला गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपति सिफारिस समितिको सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै सात दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

प्रतिष्ठानका कुलपतिलाई उपकुलपति सिफारिस गर्न सहयोग गर्ने उद्देश्यले प्रकाशित सूचनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७३ र प्रतिष्ठानका पदाधिकारीको बैठक, काम, कर्तव्य तथा पारिश्रमिक सम्बन्धी नियमावली–२०७४ मा उल्लेखित योग्यता पूरा गर्ने व्यक्तिले आवेदन दिन सक्ने उल्लेख गरिएको छ।

यसअन्तर्गत उपकुलपति पदमा मनोनीत हुने व्यक्तिले प्रतिष्ठानका विभिन्न निकाय तथा पदाधिकारीको बैठक सञ्चालन, योजनाको प्रभावकारी कार्यान्वयन, समन्वय, प्रशासनिक नेतृत्व तथा सुदृढ व्यवस्थापन जस्ता जिम्मेवारी वहन गर्नुपर्नेछ।

इच्छुक उम्मेदवारले आफ्नो शैक्षिक योग्यतासहित कार्यानुभव, आवश्यक कागजात तथा पेशागत योजना स्पष्ट रूपमा उल्लेख गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदबारस्थित सिफारिस समिति सचिवालयमा आवेदन दिन सक्ने सूचनामा भनिएको छ ।

गत २९ असोजमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले अचानक पदबाट राजीनामा दिएपछि सो पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?