+
+
WC Series
कर्णाली याक्स 2025
105/1 (15.2)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १७:०४
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुन नहुने बताएका छन्।
  • मन्त्री पुनले उपकुलपति र सचिवको छनोट योग्यता, क्षमता, तटस्थता र राष्ट्रिय अन्तर्राष्ट्रिय छविको आधारमा गर्नुपर्ने स्पष्ट आधार र प्रक्रिया निर्धारण गर्नुपर्ने बताए।
  • उनले नास्टमा वैज्ञानिक र कर्मचारीको अनुपात ८०/२० वा ७०/३० हुनुपर्ने र कर्मचारीहरूको भूमिका सहयोगी र संरक्षक हुनु पर्ने उल्लेख गरे।

१२ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुन नहुने बताएका छन् ।

आज नास्टको सभामा मन्त्री पुनले भने, ‘उपकुलपति र सचिवको छनोट नियुक्ति  राजनीतिक आस्थाको आधारमा नभइ योग्यता, क्षमता, तठस्थता तथा राष्ट्रिय अन्तर्राष्ट्रिय छविको आधारमा गर्न स्पष्ट आधार र प्रक्रिया निर्धारण गर्नुपर्छ । अन्तर्राष्ट्रिय छवि भएका वैज्ञानिकलाई  प्राज्ञको रुपमा चयन गर्ने आधार गर्नुपर्छ ।’

नास्ट सबै वैज्ञानिकको अभिभावक संस्था बन्नु पर्नेमा मन्त्री पुनको जोड छ । नास्टमा वैज्ञानिक र कर्मचारीको अनुपात ८०/२० वा ७०/३० हुनुपर्ने मन्त्री पुनले बताए ।

‘कर्मचारीहरूको भूमिका निर्देशक होइन, सहयोगी र संरक्षक हुनु पर्छ,’ उनले भने । नास्टको सम्पूर्ण क्षमता नवप्रवर्तन, आविष्कार र उद्यममुखी अनुसन्धान संस्कारको विकास गर्ने वैज्ञानिक केन्द्र बन्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?