+

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

२०८२ मंसिर  २५ गते १४:५३ २०८२ मंसिर २५ गते १४:५३
Shares
मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य सङ्गठनले भन्छ, ‘राम्रो स्वास्थ्य भनेको केवल शरीरमा रोग नहुनु मात्र होइन, शारीरिक, मानसिक र सामाजिक रुपले पूर्णस्वस्थ हुनु पनि हो।’
  • तन्दुरुस्तीका लागि सन्तुलित खानपान, नियमित शारीरिक व्यायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन र धूम्रपान र रक्सी त्याग्न आवश्यक छ।

ह्रिस्टपुस्ट हुनु भनेको मांसपेशी ठूलो बनाउनु मात्र होइन, न त दिनमा दुई घण्टा जिम गरेर मात्र तन्दुरुस्त भइन्छ । शरीर स्वस्थ्य हुनलाई शरीर, मन र दिनचर्या सबैमा पूर्णसन्तुलन भइराख्नु आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठनले भन्छ, ‘राम्रो स्वास्थ्य भनेको केवल शरीरमा रोग नहुनु मात्र होइन, शारीरिक, मानसिक र सामाजिक रुपले पूर्णस्वस्थ हुनु पनि हो ।’ नेपालमा पछिल्लो १५ वर्षमा मोटोपन ४ गुणा, मधुमेह ६ गुणा र मुटुरोगका बिरामी ३ गुणा बढेका छन् । यो सबैको मुख्य कारण हो, गलत खानपान, कम हिँडडुल र तनाव हो।

तर राम्रो पक्ष के छ भने साधारण नेपाली जीवनशैलीमै रहेका कुराहरू वैज्ञानिक तरिकाले अपनाउँदा ६ देखि १२ महिनामै जो कोही पूर्णरूपले परिवर्तन भएर बलियो, चुस्त र रोगमुक्त बन्न सक्छन् ।

कसरी ?

१. सन्तुलित खानपान

तन्दुरुस्तीको सबैभन्दा ठूलो आधार खानपान हो । भनिन्छ, हामी जे खान्छौं, त्यही बन्छौं । स्वास्थ्य राम्रो हुनका लागि ७०–८० प्रतिशत भाग प्लेटमा निर्भर हुन्छ । यसको मतलब हो, हरेक दिन ५ देखि ९ भाग सागसब्जी र फलफूल खानुपर्छ । प्लेट जति प्राकृति खानेकुराले रङ्गीचङ्गी भयो, त्यति फाइदाजनक हुन्छ ।

बिहानको थालीमा रातो टमाटर, गाँजर, हरियो पालक, ब्रोकाउली, पहेंलो कागती, मकै, बैजनी बन्दा र चुकन्दरको मिश्रण भयो भने शरीरलाई चाहिने सबै भिटामिन र मिनरल्स आफैं पूरा हुन्छन् ।

त्यस्तै, प्रोटिन बिना मांसपेशी बन्दैन । ६० केजीको मान्छेलाई दिनमा १०० देखि १३० ग्राम प्रोटिन चाहिन्छ । नेपाली भान्सामै यो सजिलै पूरा हुन्छ । यसको पूर्तिका लागि मुंग, मास, रहरको दाल, चना, राजमा, अण्डा, लोकल कुरिलो माछा, दूध, दही, पनिर, सोयाबिनको दाना, भटमासको दूध, काजु, बदाम, ओखर प्रशस्त खानुपर्छ ।

कार्बोहाइड्रेट पनि उत्तिकै आवश्यक छ तर सही प्रकारको । कोदो, फापर, जौ, मकै, सखरखण्ड, ब्राउन राइस जस्ता अन्नले ऊर्जा दिन्छन् र रगतमा चिनी एकैचोटि बढाउँदैनन्।

स्वस्थ बोसो नभई हर्मोन बन्दैन । घरको घिउ, तोरीको तेल, आलस, ओखर, माछाको बोसो र नरिवलको तेल नियमित प्रयोग गर्नुपर्छ । चिनी, मैदा, चाउचाउ, चिज बल, चिप्स, प्याकेटको जुस, कोक, फ्यान्टा जस्ता कुरा सकेसम्म जीवनबाट हटाउनुपर्छ । दिनमा कम्तीमा तीन देखि चार लिटर पानी पिउनुपर्छ ।

बिहान खाली पेटमा दुई गिलास मनतातो पानीमा कागती र मह हाल्दा पेट सफा हुन्छ र मेटाबोलिज्म बढ्छ ।

२.शारीरिक व्यायाम

शारीरिक व्यायामबिना शरीर बलियो बन्दैन । हप्तामा कम्तीमा १५० मिनेट मध्यम व्यायाम वा ३०० मिनेट हल्का व्यायाम गर्नुपर्छ । शरीरलाई तीन प्रकारको व्यायाम चाहिन्छ । पहिलो कार्डियो, जसले मुटु बलियो बनाउँछ र बोसो घटाउँछ ।

बिहान छिटो हिँड्ने, दौडने, डोरी उफ्रने, साइक्लिङ गर्ने, पौडी खेल्ने यी सबै कार्डियोका राम्रा माध्यम हुन् । बिहान पैंतालीस मिनेट छिटो हिँड्दा महिनामा दुई देखि चार केजी बोसो घट्छ । दोस्रो स्ट्रेन्थ ट्रेनिङ, जसले मांसपेशी बनाउँछ ।

आफ्नै शरीरको तौलले पुस–अप, स्क्वाट, प्ल्यांक, पुल–अप गर्न सकिन्छ । जिममा डेडलिफ्ट, स्क्वाट, बेन्च प्रेस, ओभरहेड प्रेस जस्ता कम्पाउन्ड व्यायाम गर्न सकिन्छ । यो हप्तामा तीन देखि पाँच दिन गरे पुग्छ ।

तेस्रो, शरीर लचिलो र सन्तुलनका लागि योग र स्ट्रेचिङ आवश्यक छ । सूर्यनमस्कार, वृक्षासन, ताडासन, भुजङ्गासन, त्रिकोणासन जस्ता आसनले जोर्नी लचकिलो बनाउँछन् र चोटबाट जोगाउँछन् ।

त्यसका लागि बिहान ४५ मिनेट छिटो हिँडाइ, त्यसपछि बाह्र चरण सूर्यनमस्कार र दस मिनेट डोरी उफ्रने, निरन्तर तीन महिना गर्दा कम्मर पातलो, काँध चौडा र अनुहार चम्किन्छ र आत्मविश्वास बढ्छ ।

३.निद्रा

स्वास्थ्यको सबैभन्दा ठूलो औषधि हो, निद्रा । राति 7 देखि 7 घण्टा गहिरो निद्रा नभए हर्मोन सन्तुलन बिग्रिन्छ । गहिरो निद्रामा ग्रोथ हर्मोन, टेस्टोस्टेरोन र मेलाटोनिन प्रशस्त निस्कन्छ जसले मांसपेशी बनाउँछ, बोसो घटाउँछ र रोगसँग लड्ने क्षमता बढाउँछ ।

राति १० बजेभित्र सुत्ने बानी बसाल्नुपर्छ । सुत्नुभन्दा एक घण्टा अगाडि मोबाइल, ल्यापटप र टिभी बन्द गर्नुपर्छ, किनभने निलो प्रकाशले मेलाटोनिन हर्मोन ५० प्रतिशतसम्म घटाउँछ ।

सुत्नुअघि एक गिलास मनतातो दूधमा बेसार र मरिच हालेर पिउँदा निद्रा गहिरो हुन्छ ।

४.तनाव व्यवस्थापन

तनाव पेटमा बोसो जम्मा गर्ने र मांसपेशी खाने सबैभन्दा ठूलो दुश्मन हो । तनाव बढ्दा कोर्टिसोल हर्मोन निस्कन्छ जसले पेट र कम्मरमा बोसो जम्मा गर्छ र मांसपेशी खान्छ । दैनिक १० देखि १५ मिनेट ध्यान, अनुलोम–विलोम, भ्रामरी प्राणायाम वा कपालभाति गर्दा तनाव घट्छ । प्रकृतिमा हिँड्दा, साथीभाइसँग गफ गर्दा, हाँस्दा र शौख पाल्दा मानसिक स्वास्थ्य बलियो हुन्छ ।

५.धूम्रपान र रक्सी त्याग्नु

धूम्रपान र रक्सी स्वास्थ्यका सबैभन्दा ठूला शत्रु हुन् । यी दुवै पूरै छोड्नु उत्तम हो, नसके अत्यन्त कम गर्नुपर्छ । यो बाहेक राति अबेरसम्म मोबाइल चलाउने बानीले निद्रा र हर्मोन दुवै बिगार्छ । त्यस्तै, नेपालमा धेरैलाई भिटामिन डी र बी–१२को कमी हुन्छ । बिहान १५ देखि २० मिनेट घाममा बस्दा भिटामिन डी बन्छ । अण्डा, माछा, दूध र दहीबाट बी–ट्वेल्भ प्राप्त हुन्छ । हरेक वर्ष रगत जाँच गरेर सुगर, कोलेस्टेरोल, थाइरोइड र भिटामिनको स्तर हेर्नुपर्छ ।

तन्दुरुस्तीको लागि माथि उल्लेखित विधि एक दिन गरेर मात्र पुग्दैन । लगातार २१ दिनमा बानी बन्छ, ९० दिनमा परिवर्तन देखिन्छ र एक वर्षमा पूरै नयाँ शरीर बन्छ । हरेक दिन एक प्रतिशत मात्र राम्रो गरे पनि एक वर्षमा ७० गुणा सुधार हुन्छ । निरन्तरता र धैर्यता राख्नुभयो भने बलियो, तन्दुरुस्त र आत्मविश्वासी जीवन तपाईंको पक्का हुन्छ।

तन्दुरूस्त बलियो
डा. नरेन्द्र लामिछाने
लेखक
डा. नरेन्द्र लामिछाने
अकुपञ्चर विशेषज्ञ

अकुपञ्चर विशेषज्ञ डा. लामिछाने हाल पोखरीस्थित गण्डकी आयुर्वेद अस्पतालमा कार्यरत छन्। अकुपञ्चरमा एमडी गरेका उनको नेपाल आयुर्वेद मेडिकल काउन्सिल दर्ता नम्बर ६६६ रहेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

पहिलो पटक महिनावारी कपको प्रयोग कसरी गर्ने ? (भिडियो)

पहिलो पटक महिनावारी कपको प्रयोग कसरी गर्ने ? (भिडियो)