+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बुल्गेरियामा प्रदर्शनपछि प्रधानमन्त्रीको राजीनामा, भ्रष्टाचार र कर वृद्धिले आक्रोशित थिए जनता

लगातारको दबाबबीच प्रधानमन्त्रीले बिहीबार टिभीमा आफ्नो राजीनामा घोषणा गरेका हुन् । संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला उनले राजीनामा दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुल्गेरियामा भ्रष्टाचार र कर वृद्धिविरुद्ध प्रदर्शनपछि प्रधानमन्त्री रोसेन जेलियाजकोभले राजीनामा दिएका छन्।
  • प्रधानमन्त्रीले संसदमा अविश्वासको प्रस्ताव आउनुअघि टिभीमा राजीनामा घोषणा गरेका हुन्।
  • राष्ट्रपति रुमेन रादेवले नयाँ सरकार गठन गर्न संसदलाई निर्देशन दिनेछन् र दलहरू सहमत नभए अन्तरिम सरकार नियुक्त गरिनेछ।

२६ मंसिर, काठमाडौं। बुल्गेरियामा भ्रष्टाचार र कर वृद्धिविरुद्ध भड्किएका नागरिकहरूले प्रधानमन्त्री रोसेन जेलियाजकोभलाई राजीनामा दिन बाध्य बनाएका छन् ।

विशाल प्रदर्शनहरूपछि अन्ततः प्रधानमन्त्री जेलियाजकोभ झुकेका हुन् । प्रदर्शनमा उत्रिएका लाखौं मानिसहरूले सडकमा उत्रिए भने संसद भवनमा ‘राजीनामा’ र ‘माफिया आउट’ जस्ता सन्देशहरू लेजरद्वारा प्रवाहित गरेका थिए।

लगातारको दबाबबीच प्रधानमन्त्रीले बिहीबार टिभीमा आफ्नो राजीनामा घोषणा गरेका हुन् । संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला उनले राजीनामा दिएका हुन् ।

सरकारको आर्थिक नीति, लाभांश करमा वृद्धि र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता आक्रोशित भएका थिए।

विपक्षीले सरकारले बढ्दो खर्चको बोझ सिधै नागरिकहरूमाथि थोपर्न खोजेको आरोप लगाएका थिए । बुल्गेरिया जनवरी १ मा यूरोजोनमा सामेल हुन गइरहेको छ तर त्यसअघि नै प्रधानमन्त्रीको राजीनामाले ठूलो राजनीतिक झट्का दिएको छ।

विरोधका कारण सरकारले २०२६ को युरो-बजेट पनि फिर्ता लिनुपरेको छ। बुल्गेरियामा सन् २०२१ पछि ७ वटा चुनाव भइसकेका छन्।

प्रधानमन्त्रीको राजीनामासँगै राष्ट्रपति रुमेन रादेवले संसदलाई नयाँ सरकार गठन गर्न निर्देशन दिनेछन्।

यदि दलहरू सहमत भएनन् भने देशलाई आठौं चुनावसम्म सञ्चालन गर्न अन्तरिम सरकार नियुक्त गरिनेछ। प्रदर्शनकारीहरूले सुधारहरू नभए आन्दोलन अझ उग्र हुने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?