+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

रिलायन्सको आईपीओ म्युचुअल फन्डका ४१ योजनालाई बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते ११:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिलायन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोषका लागि ५७ हजार ७ सय ९८ कित्ता आईपीओ सेयर बाँडफाँट गरेको छ।
  • म्युचुअल फन्डका लागि ९ लाख २४ हजार ७६८ कित्ताको आवेदन परेको थियो, जुन मागको १८ गुणा बढी हो।
  • कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कूल नाफा गरेको छ।

२६ मंसिर, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिएको छ ।

रिलायन्सले निष्कासन गरेको ५७ हजार ७ सय ९८ कित्ता सेयर प्राप्त गर्नका लागि सामूहिक लगानी कोषका ४५ वटा योजनाले आवेदन दिएका थिए । तीमध्ये ४१ योजनालाई सेयर वितरण गरिएको छ । ४ करोड ७४ लाख ४० हजार ५९८ रकम आवश्यक भएकोमा ७५ करोड ९० लाख ४९ हजार ५७४ रुपैयाँ जम्मा भएको थियो ।

७१ करोड १६ लाख ८ हजार ९७६ रुपैयाँ रकम फिर्ता हुने भएको छ । नेपाली पूँजी बजारमा म्युचुअल फण्डलाई दक्ष र अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने एक वित्तीय औजार मानिन्छ ।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको कुल ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो । जसमा ९ लाख २४ हजार ७६८ कित्ताको लागि आवेदन परेको छ, जुन मागको १८ गुणा बढी हो ।

वैदेशिक रोजगारीमा गएकालाई निष्कासन भएको आईपीओमा पनि बढी आवेदन परेको छ । वैदेशिक रोजगारीमा गएकालाई कुल १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्कासन भएको थियो । निर्धारित अवधि (बिहीबार) सम्म ३६ हजार ८२ आवेदकले २० लाख १ हजार ४७० कित्ताको माग गरेका छन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीको प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।

कम्पनीले वार्षिक ५ करोड अमेरिकी डलरभन्दा बढीको उत्पादन निर्यात गर्ने गरेको दाबी गरेको छ । मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कूल नाफा गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो अंक ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो ।

गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?