+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गरेको छ जसमा वैदेशिक रोजगारमा रहेका १० प्रतिशत सेयर पाउनेछन्।
  • कम्पनीले ८२० रुपैयाँ ८० पैसाको दरले सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ र न्यूनतम ५० कित्ताको आवेदन दिनुपर्नेछ।
  • रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो वर्षभन्दा ४२ प्रतिशत बढी हो।

२२ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुलेको छ ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भई आईपीओ निष्कासन भएको हो । यसअघि सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विधिबाट मूल्यांकन भई आईपीओ निष्कासन भएकोमा सोही पद्दतीबाट निष्कासन गर्नेमा यो दोस्रो कम्पनी हो । वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँटपछि सर्वसाधारणमा निष्कासन हुनेछ ।

कम्पनीले सर्वसाधारण समूहमा कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्नेछ । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता निष्कासन हुन लागेको हो ।

प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणमा सेयर निष्कासन हुनेछ । बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि कम्पनीको सो सेयर मूल्य निर्धारण भएको हो । कम्तीमा ५० कित्ता सेयर भर्नुपर्ने भएकाले यस कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ ।

वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम ५० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा मंसिर २५ गतेसम्म र सो अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा ढिलोमा पुस ७ गतेसम्म आवेदन खुल्नेछ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो । रिलायन्सको आईपीओ निष्कासनका सम्बन्धमा विवाद देखिएपछि बीचमै कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको थियो । उच्च अदालतले रिलायन्सको पक्षमा फैसला गरिदिएर आईपीओको बाटो खोलिदिएसँगै रोकिएको प्रक्रिया फेरि अघि बढेको हो ।

कस्तो छ कम्पनी ?

कम्पनीले केयर रेटिङ नेपालबाट ए माइनस रेटिङ पाएको छ । जसले कम्पनी आफ्नो दायित्व वहनमा सबल स्तरमा रहेको जनाउँछ । २०५४ सालमा स्थापित देशको अग्रणी रिलायन्स स्पिनिङ मिल्सले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ ।

९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिनिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन् ।

युवा उद्यमी अक्षय गोल्यानको नेतृत्वमा रहेको रिलायन्स स्पिनिङ मिल्सले स्वदेशका साथै अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुने गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो वर्षभन्दा ४२ प्रतिशत बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आव २०८१/८२ मा कुल १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ ।

यस्तो नाफा अघिल्लो आवभन्दा झन्डै ४२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आव २०८०/८१ मा ८६ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीमा कार्यरत ४ हजार जनशक्तिमध्ये करिब करिब १ हजार ३ सय महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?