+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पूर्वमन्त्री बने आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष

नरजन तामाङ नरजन तामाङ
२०८२ मंसिर २२ गते ७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियार जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
  • परियारले विद्यालय प्रधानाध्यापक परबहादुर थापालाई टेलिफोन गरी अध्यक्ष बन्ने इच्छा व्यक्त गरेका थिए।
  • अध्यक्ष पदका लागि ६ जना आकांक्षी थिए, तर परियारको आकांक्षा व्यक्त गरेपछि अरु पछि हटेका हुन्।

हुम्ला । अदानचुली गाउँपालिका‐१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियार चयन भएका छन् ।

व्यवस्थापन समिति अध्यक्षका लागि ६ जना आकांक्षी थिए । पूर्वमन्त्री परियारले समेत अध्यक्षमा आकांक्षा राखेपछि अरु पछि हटेका हुन् ।

जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक परबहादुर थापाले व्यवस्थापन समितिको अध्यक्षमा मन्त्री परियारले आफू अध्यक्ष बन्ने इच्छा राखेपछि सर्वसम्मत चयन भएको जानकारी दिए ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेका परियारले प्रधानाध्यापक थापालाई टेलिफोन गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन चाहेको बताएका थिए ।

तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित परियारलाई मुख्यमन्त्री यामलाल कँडेलले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?