+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

प्रिन्सिपलको नेतृत्व क्षमता अभिवृद्धि गर्न प्याब्सन कोशीको ‘लिडरसिप समिट’

दिगो तथा भरपर्दो नेतृत्व र संस्कारयुक्त विद्यालय निर्माणको मुख्य ध्येयका साथ कार्यक्रम आयोजना गरिएको प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाले बताए।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्याब्सन कोशी प्रदेशले मंसिर २६ गते इटहरीमा लिडरसिप समिट आयोजना गर्ने भएको छ।
  • समिटमा ३०० प्रिन्सिपल सहभागी हुने र विद्यालय नेतृत्वलाई प्रशिक्षित गर्ने कार्यक्रम तय गरिएको छ।
  • भारत र बेलायतबाट आएका विशेषज्ञले बालबालिका विकास र विद्यालय वातावरण सुधारबारे प्रस्तुति दिने भएका छन्।

२६ मंसिर, इटहरी। निजी तथा आवसीय विद्यालयीय संघ (प्याब्सन) कोशी प्रदेशले लिडरसिप समिटको आयोजना गर्ने भएको छ। मंसिर २६ गते शुक्रवार इटहरीको सोल्टी वेस्टेण्डमा भव्यताका साथ समिट हुन लागेको हो।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजुकुमार थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञको प्रस्तुति सहितको कार्यक्रम तय गरिएको छ।

दिगो तथा भरपर्दो नेतृत्व र संस्कारयुक्त विद्यालय निर्माणको मुख्य ध्येयका साथ कार्यक्रम आयोजना गरिएको प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाले बताए।

रिसाइकल र रियुजको कल्चरबारे विद्यार्थीलाई बुझाउन जरुरी रहेको बताउँदै उनले विद्यार्थीलाई भन्दा सुरुमा विद्यालय नेतृत्वलाई प्रशिक्षित गर्नुपर्ने प्रस्ट पारे। तीनसय प्रिन्सिपलहरू सहभागी हुने समिटमा निरन्तर सिकाई सँगै समयको महत्त्व र समयनिष्ठताको प्रभाव बारे समेत खुलस्त पारिने भएको छ।

प्रविधिको सही प्रयोग नगर्दा बालबालिकाको भविष्यमा पार्ने प्रभावलाई लिएर छुट्टै सेसन सञ्चालन गरिने भएको छ। विद्यालयका प्रिन्सिपल तथा शिक्षकलाई एआईको प्रयोगबारे समेत प्रशिक्षित गराइने भएको छ।

विद्यार्थीको विकासको लागि अभिभावक र विद्यालयको भूमिकाबारे छलफल गराइने भएको हो। शिक्षक लिडरको माध्यमबाट विद्यालयको वातावरण सुधार गर्ने र त्यसको प्रभाव जेन अल्फा पुस्तासम्म पुर्‍याउने लक्ष्य लिइएको छ।

सामाजिक संरचनाहरू कमजोर बन्दै गएको र बालबालिकाको संवेगात्मक विकासमा गम्भीर प्रभाव परेकाले भविष्यको पुस्तालाई खतराबाट मुक्त गर्नुपर्ने समिटमा सहभागी वक्ता तथा शिक्षाकर्मी अञ्जु भट्टराईले बताइन्।

समिटमा शिक्षक तथा विद्यालयलाई बालबालिकाले संवेगात्मक र सामाजिक विकासको प्रक्रियाको बारेमा बुझाइने उनको भनाइ छ । बालबालिकाको भविष्यमा पर्ने दूरगामी प्रभावबारे शुक्रवारको सेसनमा गम्भीर छलफल हुन लागेको हो।

भारतबाट सहभागी जनाउन लागेकी बाल मनोवैज्ञानिक डाक्टर तनु श्री सिंह प्रमुख वक्ता रहने कार्यक्रममा विद्यालयीय स्वच्छताको बारेमा छलफल हुने भएको छ । विद्यालयलाई सुसंस्कृत बनाउन शिक्षक लिडरको भूमिका र बालबालिकाको मनोविज्ञानबारे सिंहले अनुभव सहितका सामाग्री प्रस्तुत गर्ने भएकी छिन्।

बेलायत बाट आएका शिक्षाविद् क्रिस डापारले बालबालिकाको चरित्र निर्माण गरेर विद्यार्थीको सर्वाङ्गीण विकासबारे छलफल गर्ने भएका छन् । विद्यालयको भौतिक संरचना, पाठ्यक्रम, विद्यालयको प्रशासन र शिक्षकको गतिविधिले बालबालिकालाई पार्ने प्रभावबारे खुलेर बहस हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?