News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेल र भाटभटेनीले संयुक्त रूपमा टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट दिने अफर सार्वजनिक गरेका छन्।
- ग्राहकले कर सहित २९९ रुपैयाँ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्दा छुटको कुपन प्राप्त गर्नेछन्।
- अफर २०२६ मार्च ३१ सम्म वा मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागू रहनेछ र कुपन भाटभटेनी अनलाइन स्टोरमा मात्र प्रयोग गर्न सकिन्छ।
५ माघ, काठमाडौं । क्रिकेटप्रतिको उत्साहलाई ध्यानमा राख्दै एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्।
यस अफरमार्फत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्।
‘यस अफरअन्तर्गत कर सहित २९९ रुपैयाँ वा सोभन्दामाथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकले छुटको लागि कुपन प्राप्त गर्दछन्’ जारी संयूक्त विज्ञप्तिमा भनिएको छ ‘प्राप्त हुने छुट कुपन नेपालका आधिकारिक टी–२० क्रिकेट विश्वकप मर्चेन्डाइज खरिद गर्दा भाटभटेनीको अनलाइन स्टोर प्रयोग गर्न सकिन्छ।’
यो अफरले क्रिकेट प्रेमीहरूलाई गर्वका साथ मर्चेन्डाइज प्रयोग गर्ने अवसर प्रदान गर्दै राष्ट्रिय क्रिकेट टोलीसँग भावनात्मक रूपमा झन् बढी जोड्न मद्दत पुग्नेछ ।
अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरहरूमार्फत उपलब्ध छ, जसले देशका हरेक कुनामा रहेका क्रिकेट प्रेमीलाई यस उत्सवमा सहभागी हुने अवसर प्रदान गरेको छ।
‘एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एप खोली टी–२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गर्न वा अफर अन्तर्गतका कुनै पनि प्याक चयन गरी खरिद प्रक्रिया पूरा गर्न सक्छन्’ विज्ञप्तिमा भनिएको छ ‘खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिङ्क भएको एसएमएस प्राप्त गर्छन्।’
त्यसपछि भाटभटेनीको लिङ्कमा क्लिक गरी ग्राहकले आफूलाई मन पर्ने मर्चेन्डाइज छनोट गर्न सक्छन् र चेक आउटका क्रममा प्रोमो कोड प्रयोग गरी छुटको लाभ लिन सक्छन्। अर्डरको पुष्टि भएपछि छनोट गरिएको मर्चेन्डाइज ग्राहकले रोजेको स्थानमा डेलिभरी हुनेछ ।
यो अफर २०२६ मार्च ३१ (चैत १७ गते) सम्म वा भाटभटेनी अनलाइन स्टोरमा अफर अन्तर्गतको मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागु हुनेछ।
‘ग्राहकहरूले अफरका लागि आफू योग्य रहने कुनै पनि प्याकको प्रत्येक खरिदमा एक मात्र प्रोमो कोड अर्थात् कुपन प्राप्त गर्छन। प्रोमो कोड साथीभाइ वा परिवारका सदस्यहरूलाई दिन पनि सकिन्छ’ विज्ञप्तिमा उल्लेख छ ‘यद्यपी यो नगदसँग साट्न वा अन्य अफरसँग जोडेर प्रयोग गर्न भने सकिने छैन।’
प्रतिक्रिया 4