+
+
Shares

कल बाइपासको आरोपमा समातिए युवक

अवैध अन्तराष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक युवकलाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १७:५४

१८ पुस, काठमाडौं । अवैध अन्तराष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड घर भइ काठमाडौं धुम्बाराही बस्दै आएका ३० वर्षीय राजन राजवंशी छन् । उनलाई ज्ञानेश्वरबाट पक्राउ गरिएको सीआईबीले बताएको छ । सलिना राईले सञ्चालन गरेको एक कम्पनीमा इन्टरनेट प्रयोग गरी उनले कल बाइपास गरेको आरोप छ ।

उनलाई दुरसञ्चार ऐन अन्तर्गतको कसुरमा कारबाही अघि बढाइने प्रहरीले बताएको छ । कल बाइपास गर्न प्रयोग भएका विभिन्न सामानहरु समेत बरामद भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?