+
+
Shares

गुल्मीको चन्द्रकोटमा ट्याक्टर दुर्घटना, चालक पुरिएको अवस्थामा फेला

दुर्घटनामा परेको ट्याक्टर चालक सत्यवती गाउँपालिका–६ खैरेनी निवासी अन्दाजी २४/२५ वर्षीय सुरज सार्की घटनास्थलमै बालुवाले पुरिएको अवस्थामा फेला परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १७:४६

१८ पुस, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर बिहीबार राति करिब ९ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खेतमा पल्टिएको थियो ।

दुर्घटनामा परेको ट्याक्टर चालक सत्यवती गाउँपालिका–६ खैरेनी निवासी अन्दाजी २४/२५ वर्षीय सुरज सार्की घटनास्थलमै बालुवाले पुरिएको अवस्थामा फेला परेका हुन् ।

ट्याक्टर मर्मतका लागि निकाल्ने क्रममा बालुवामा पुरिएको अवस्थामा चालकको खुट्टाको भाग देखिएपछि घटनास्थल सुरक्षित गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति गम्भीर रहेकाले इलाका प्रहरी कार्यालय रिडी गुल्मीबाट थप प्रहरीको टोली खटिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(गुल्मीबाट अनिल खत्रीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?