News Summary
Generated by OK AI. Editorially reviewed.- आईआईटी गान्धीनगर र अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले सिन्धु घाटी सभ्यताको पतन नदीहरू सुक्ने समस्याले लामो समयसम्म भएको निष्कर्ष निकालेका छन्।
सिन्धु घाटी सभ्यताको अन्त्य कसरी र कहिले भयो, यो सधैं एउटा रहस्यको विषय रहँदै आएको छ, जसको समय-समयमा अध्ययन हुनेगर्छ ।
हालै गरिएको एउटा अध्ययनले एक निष्कर्ष निकालेको छ । जसमा सिन्धु घाटी सभ्यताको हिस्सा रहेको हडप्पाको पतन कुनै एक विनाशकारी घटनाबाट नभई पटक-पटक लामो समयसम्म नदीहरू सुक्ने समस्याबाट भएको थियो भनिएको छ ।
विगतमा सिन्धु घाटी सभ्यताको पतनबारे धेरै तर्कहरू प्रस्तुत गरिएका छन् । कुनैमा यो सभ्यता युद्धबाट नष्ट भएको भनिएको छ । प्राकृतिक विपत्तिपछि शहरहरू ढलेका हुन सक्छन् वा सिन्धु नदीमा बाढी आएर आफ्नो बाटो बदलिएको हुन सक्छ भन्ने तर्क पनि छ ।
त्यस समय अर्को नदी अर्थात् घग्गर सुकेको कारण त्यस आसपास बस्ने मानिसहरू विस्थापित भएको भन्ने पनि अर्को सिद्धान्त छ ।
भारतको प्राविधिक विश्वविद्यालय आईआईटी गान्धीनगरका अनुसन्धानकर्ताहरू र अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टोलीले सिन्धु घाटी सभ्यताबारे नयाँ खोज गरेको हो । जुन ‘कम्युनिकेशन्स: अर्थ एण्ड एनभायरनमेन्ट’ (नेचर प्रकाशन) जर्नलमा प्रकाशित गरिएको छ ।
अध्ययनको शीर्षक नै ‘नदीहरू सुक्ने दबाबले हडप्पा सभ्यताको स्वरूप बदलियो’ भन्ने रहेको छ ।
यो अध्ययनअनुसार, प्राचीन सिन्धु घाटी सभ्यताको विकासका लागि सिन्धु नदी मुख्य आधार थियो । यसले जसले कृषि, व्यापार र त्यहाँको निर्वाहका लागि स्थिर जलस्रोत प्रदान गरेको थियो। यो सभ्यता लगभग ५००० वर्षअघि सिन्धु नदी र त्यसका सहायक नदीहरूको आसपासमा हुर्किएर समयसँगै विकसित यस अध्ययनले भनेको छ ।
आजभन्दा करिब ४५०० वर्ष देखि ३९०० वर्षअघि सम्मको समयलाई हडप्पा कालको रूपमा लिइन्छ । यो समयको सिन्धु घाटी सभ्यता व्यवस्थित शहर, जल व्यवस्थापन र लेखन कलाका प्रसिद्ध मानिन्छ । यद्यपि, हडप्पा सभ्यताको पतन ३९०० वर्षअघि सुरु भएर अन्ततः यो ढलेको थियो।
यो सभ्यता वर्तमान पाकिस्तान र उत्तर-पश्चिमी भारतमा पाइएको थियो।
नयाँ अनुसन्धानबाट के थाहा भयो ?
प्रारम्भिक हडप्पा कालमा आधारित यो अध्ययनअनुसार, सिन्धु घाटी सभ्यताले चार प्रमुख खडेरीको सामना गर्नुपरेको थियो।
अनुसन्धान अनुसार, हडप्पाको चरम र अन्तिम अवस्थातिरको अनिकालको दौरानमा चार गम्भीर खडेरीको पहिचान भयो ।
एउटा आजभन्दा ४४४५ देखि ४३५८ वर्षअघि, ४१२२ देखि ४०२१ वर्षअघि र ३८२६ देखि ३६६३ वर्षअघिकफ अवधिमा तीन ठूला खडेरी र अनिकाल परेका थिए । चौथो खडेरी ३५३१ र ३४१८ वर्षअघिको समयमा परेको थियो । अघिल्ला तीन ठूला खडेरीले नै ८५ प्रतिशत सभ्यतालाई प्रभावित गरेका थिए । दोस्रो र तेस्रो खडेरी क्रमशः लगभग १०२ र १६४ वर्षसम्म रह्यो ।
तेस्रो खडेरीका क्रममा वर्षा हुनेदर प्रत्येक साल १३ प्रतिशतले घट्दै गएको यो शोधपत्रका उल्लेख गरिएको छ ।
यस अध्ययनका प्रमुख लेखक हिरेन सोलंकीका अनुसार अगाडि हडप्पा सभ्यता पश्चिमी क्षेत्रमा थियो । ती ठाउँहरू जसरी सुक्खा हुने थालेपछि सभ्यता सिन्धु नदीनजिक आएको थियो । त्यसपछि मध्य क्षेत्र अर्थात् सिन्धु नदीको किनारमा पनि खडेरीले प्रभावित पर्यो । यसपछि मानिसहरू गुजरात र हिमालयका तल्ला क्षेत्रहरूमा गए, जहाँ नदीहरू तलतिर बगेर आउने गर्थे ।
त्यहाँको माटो, पुराना रूख आदिको अवस्था अध्ययन गरेर त्यो समयको वर्षाबारे आँकलन गर्न सकिएको सोलंकी बताउँछन् ।
उनी भन्छन्, ‘अगाडि पनि धेरै अध्ययनहरू भएका छन् । तिनीहरू साइटमा गएर डाटा संकलन गर्छन् । उदाहरणका लागि, माटो र पुराना रूखहरू । यसबाट वर्षा कम वा बढी भएको थाहा हुन्छ । यसबाट गुणस्तर थाहा हुन्छ, अनि थाहा पायौं कि त्यस समय कति प्रतिशत वर्षा कम भएको थियो वा कुन समयमा खडेरी परेको थियो ।’
यस अध्ययनका सहायक लेखक प्राध्यापक विमल मिश्रका अनुसार अगाडिका धेरैजसो अध्ययनहरू कोर्स रेजोलुसन (कम रेजोलुसन डाटा) र गुफाहरू आदि अध्ययनमा आधारित थिए । तर यो समयमा नदीहरूको प्रवाहकाबारेमा अध्ययन गरिएको छ । यस खालको अध्ययन पहिलो पटक भएको उनको भनाइ छ ।
पानी प्राप्त गर्ने स्रोतहरूमा कसरी परिवर्तन आयो भन्नेबारेमा अध्ययन केन्द्रित रहेको मिश्र बताउँछन् । यहाँको सभ्यता एकै पटक पतन भएको भन्ने सिद्धान्तहरू सही नभएको निषकर्ष अध्ययनमा देखिएको उनको भनाइ छ । विगतमा धेरै सिद्धान्तहरू थिए कि, सिन्धु घाटी सभ्यताको पतन एकैचोटि भएको थियो’ मिश्र भन्छन्, ‘हामीले यो अनुसन्धानमा देखायौं त्यस्तो भएको थिएन, बरू यो सभ्यता पतनको कारण खडेरीहरूको श्रृखला थियो जुन धेरै सय वर्षसम्म चल्यो ।
तापमान बढ्दा पानीको कमी
सिन्धु घाटी सभ्यतामा यो अनुसन्धान पर्यावरणीय दृष्टिकोणबाट गरिएको हो । यो अध्ययन परिवर्तनशील जलवायु सिमुलेशन मोडेलहरूलाई हाइड्रोलोजिकल मोडेलिङसँग जोडिएको छ । लामो समयसम्म खडेरी परेका कारण त्यो समय यस क्षेत्रको तापक्रममा करिब ०.५ डिग्री सेल्सियस वृद्धि भएको थियो र यसले पानीको कमी गराउन भूमिका खेलेको थियो भन्ने निष्कर्ष अध्ययनको छ ।
हिरेन सोलंकीका अनुसार तापमान बढेपछि यसले हिमालयको हिउँ पग्लियो । त्यो पानी नदीमा मिसियो । यसरी पानीको उपलब्धता खोज्दै जाँदा मानिसहरू हिमालयतिर सर्दै जान थाले । सौराष्ट्र जाने कारण भनेको अन्य क्षेत्रहरूको तुलनामा त्यहाँ अलिकति राम्रो वर्षा हुन्थ्यो । यसबाहेक सौराष्ट्रमा व्यापारको पनि एउटा नेटवर्क थियो ।
उनी भन्छन्, ‘हामी यो पनि भन्दैनौं कि साइट पूर्णरूपमा गायब भयो, तर मानिसहरू जलवायु परिवर्तनमा अनुकूल हुनका लागि एउटा स्थानबाट अर्को स्थानमा जान थाले ।’
मानिसहरूले आफ्ना बालीहरू बदले
अध्ययनअनुसार, वर्षाको कमी र नदीहरूको प्रवाहमा कमी भएका कारण मानिसहरूले बाली परिवर्तन गर्न थाले । पानी कम चाहिले बालीतर्फ उनीहरू लागे ।
प्रोफेसर मिश्रका अनुसार, जाडोको समयमा भएको वर्षाले हडप्पा कालको सुरूका खडेरीमा केही हदसम्म सुख्खापनको प्रभावलाई रोकेको थियो । तर पछिल्लो हडप्पा कालमा हिउँदे वर्षााको कमीले मध्य क्षेत्रहरूमा कृषिका लागि अन्तिम उपायलाई पनि समाप्त गरिदिएको थियो।
सोलंकी बताउँछन्, ‘मानिसहरूले आफ्नो खेती बदल्न शुरू गरे, तिनीहरूले बाजराको खेतीतिर लागे । अर्थात् यस्ता बालीहरू जसले सुक्खाको सामना गर्न सक्छन्।’
सुरुका खडेरीमा मानिसहरूले विभिन्न उपाय लगाएर यसलाई सामना गरे पनि खडेरी बढ्दै जाँदा पानी कम हुँदै गयो । बस्तीहरू ठूला शहरहरूबाट साना शहरमा बदलिन थाले। अर्थात् मानिसहरू साना-साना ठाउँहरूमा बस्न थाले ।
प्रशासनको भूमिका के थियो ?
सिन्धु घाटी सभ्यता आफ्नो समयको राम्रो योजनाका लागि चिनिन्छ।
तर सुक्खाको दौरान प्रशासनको भूमिका के थियो त ?
सोलंकीका अनुसार हरेक ठाउँमा सुक्खा थियो, तर जहाँ सिस्टम राम्रो थियो, त्यहाँ मानिसहरू बस्न सक्षम थिए । तर जब तेस्रो र चौथो खडेरी पर्यो तब मानिसहरू एउटा ठाउँबाट अर्को ठाउँमा जान थाले ।
‘हामीले देख्यौं कि हडप्पा सभ्यता कसरी एउटा स्थानबाट अर्को स्थानमा गयो ?’ सोलंकी भन्छन्, ‘यसको पतन वा विलुप्त हुने कारणहरू के थिए ? तर सभ्यताको पतनको एकमात्र कारण पर्यावरण थिएन। यसका अरू पनि धेरै कारणहरू थिए किनकि बीचका वर्षहरूमा पनि खडेरी परेको थियो ।’
त्यो समय प्राकृतिक कारणले त्यो अवस्था निम्तिएको तर अहिले मानवीय गतिविधिले वातवारण विनाश हुने, भूमी तथा नदीहरू र जंगलहरूको तीव्र क्षय भइरहेको साउथ एशिया नेटवर्क अन ड्याम्स, रिभर एण्ड पीपलका कोअर्डिनेटर हिमांशु ठक्कर बताउँछन् । अहिलेको क्षति झन खतरनाक रहेको उनको भनाइ छ ।
बीबीसीबाट
प्रतिक्रिया 4