+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
२१ बलमा ११ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/4 (16.3)
Shares

मोरङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु   

रासस रासस
२०८२ मंसिर १७ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको बेलबारी–७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ।
  • ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चार जना सवारमध्ये तीन जना घाइते भएका छन् र स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
  • ट्याक्टर चालक रुपचन्द्र ऋषिदेव फरार रहेका छन् र प्रहरीले उनको खोजी गरिरहेको छ।

१७ मंसिर, मोरङ । मोरङको बेलबारी–७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ ।

बुधबार दिउँसो बाहुनी बजार नजिकै ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को२त ९६१३ नम्बरको ट्याक्टरमा सवार चार जनामध्ये तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

ट्याक्टर चालक रुपचन्द्र ऋषिदेव फरार रहेकाले खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?