+
+
Shares

हुम्ला ट्याक्टर दुर्घटना : ४ जनालाई उपचारको लागि नेपालगञ्ज पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते १४:०८

३ साउन, हुम्ला । हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ ।

सिमकोट गाउँपालिका-१ बैजीबाडा गाउँ नजिकै शुक्रबार ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुलाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको हो ।

१४ जना घाइतेमध्ये सिमकोट गाउँपालिका-२ का कुम्मेर भण्डारी, खार्पुनाथ गाउँपालिका-३ का हर्क रावल, वडानम्बर २ का पानकला छत्याल र ट्याक्टर चालक डोनबहादुर पुनमगरलाई नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

रिफर गरिएका घाइतेहरुको कसैको हात, खुट्टा भाँचिएको छ भने कसैको पेट, टाउँकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । अन्य १० जनाको जिल्ला अस्तालमै उपचार भइरहेको छ ।

दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको क०२००१त ०३५३ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । घाइते भएका उनीहरूलाई प्रहरी र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पतालमा पुर्‍याएका थिए ।

दुर्घटनामा परेकाहरू चुवाखोला वनबाट पोड्या संकलन गरी घर फर्किंदै थिए । उनीहरु दोजाम गाउँबाट बालुवा लोड गरेएको ट्याक्टरमा चढेर आएको प्रहरीको भनाइ छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका-३ राया गाउँका अन्दाजी २० वर्षीय मिलन बोहरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?