
News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको छ।
- ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर पल्टिएको थियो।
- दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।
१५ साउन, काठमाडौं । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् ।
प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर बिहीबार पल्टिएको थियो ।
ट्याक्टर पल्टिए गम्भीर घाइते भएका भण्डारी र रोका मगरलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेको डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरी, सोही ठाउँका १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर–१८ बिजौरीका २६ वर्षीय प्रकाश चौधरी प्रहरी नियन्त्रणमा छन् ।
दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4