+
+
Shares

गुल्मीको जुकेपानीमा ट्याक्टर दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते ११:०६

९ पुस, गुल्मी ।  गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ जुकेपानीमा ट्याक्टर दुर्घटना भएको छ । जुकेपानी–नयाँपोखरा जोड्ने मोटर बाटो मर्मत सामग्री बोकेको लु ४ त ८३६ नम्बरको ट्याक्टर बुधबार बिहान अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो ।

दुर्घटनामा ट्याक्टरमा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

ट्याक्टर इस्मा गाउँपालिका–४ दोहोली निवासी २४ वर्षीय राजेश गन्धर्वले चलाइरहेका थिए । सो ट्याक्टरमा सिमेन्ट र तेलका ड्रम थिए ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक रामअचल यादव नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?