२० मंसिर, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४, मोत्तियारस्थित पनाहा खोलामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३४–३५ वर्ष उमेरका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
फेला परेको शवको सेतो–हरियो रंगको चेकदार सर्ट, माथि ‘नाइक’ लेखिएको कालो ज्याकेट तथा कालो पाइन्ट लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले बताए ।
हालसम्म मृतकको पहिचान खुलेको छैन । प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेको छ ।
मृतकको पहिचान तथा घटनाका वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
प्रतिक्रिया 4