+
+
Shares

गुल्मीमा आजदेखि सातामा चार पटक हवाइ उडान सुरु

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो। अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु गरेको छ।
  • ट्वीनअटर जहाजको मर्मतपछि विगत पाँच महिनादेखि सातामा एक पटक हुँदै आएको उडान सातामा चार पटक पुगेको प्रमुख थापाले बताए।
  • उडान आइतबार, मङ्गलबार, बिहीबार र शनिबार बिहान ६:३० बजे काठमाडौंबाट र ७:३० बजे रेसुङ्गाबाट हुने निगमले जनाएको छ।

२७ कात्तिक, गुल्मी। रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए।

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो। अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए ।

नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो।

सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६:३० बजे र रेसुङ्गाबाट बिहान ७:३० बजे हवाई उडान गर्दै आएको छ।

निगमले काठमाडौंबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ।

रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?