+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

गुल्मीमा मृत अवस्थामा एक पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहाका ४७ वर्षीय बोम बहादुर खत्री मृत अवस्थामा फेला परेका छन्।
  • खत्री कात्तिक २८ गते घरबाट कोहीलाई जानकारी नदिई हिँडेका थिए।
  • प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमान्डमा टोली खटाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

५ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहाका ४७ वर्षीय बोम बहादुर खत्री मृत अवस्थामा फेला परेको छन् ।

कात्तिक २८ गते घरबाट कोही कसैलाई जानकारी नगराई हिँडेका खत्रीलाई घरपरिवार र स्थानीयको सहयोगमा खोजतलासको क्रममा शुक्रबार आफ्नै घरदेखि उत्तरतर्फको भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीले घटना स्थल सुरक्षित राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमान्डमा टोली खटिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?