+
+
Shares

तम्घास बसपार्क ग्यारेजमा आगलागी, एक जना घाइते

प्रहरीका अनुसार आगलागीका क्रममा वर्कसपमा कार्यरत बिक्रम सुनार घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १२:४४

७ पुस, गुल्मी । गुल्मी सदरमुकाम तम्घास बसपार्क क्षेत्रमा रहेको एक ग्यारेजमा आगलागी भएको छ ।

रेसुङ्गा नगरपालिका वडानम्बर–८ मा अवस्थित सुजता अटो वर्कसपमा विद्युत् सर्ट भई आगलागी हुँदा वर्कसप पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

आगलागीका क्रममा वर्कसपमा कार्यरत बिक्रम सुनार घाइते भएका छन् । घाइते सुनारलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले बताए ।

उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ रेसुङ्गा नगरपालिकाको दमकल, नेपाल प्रहरी तथा नगरप्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।

समयमै दमकल र सुरक्षाकर्मीको सक्रियताका कारण आगो फैलिन नपाई नियन्त्रणमा लिन सफल भएको बताइएको छ ।

आगलागी भएको स्थानको नजिकै पेट्रोल पम्प तथा मैत्री यातायातको चार्जिङ स्टेसन समेत रहेको हुँदा ठूलो जोखिम उत्पन्न भएको थियो ।

तर समयमै आगो नियन्त्रणमा आएसँगै सम्भावित ठूला क्षतिबाट जोगिन सफल भएको प्रहरीले जनाएको । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?