News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने नयाँ तालिका प्रस्ताव गर्नुभयो।
- मंसिर १५ गतेको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको भए पनि तालिका प्रभावित भइसकेको छ।
- महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत प्रतिनिधिले माग गरेअनुसार पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्नुभएको छ।
१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशनको नयाँ तालिका प्रस्ताव गरेका छन् ।
सानेपामा जारी बैठकमा उनले वैशाख २८-३१ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेका हुन् ।
यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।
यस्तो छ नयाँ प्रस्ताव
चैत २१ – वडा अधिवेशन
चैत २५- गाउँ/नगर अधिवेशन
चैत २८ – प्रदेश सभा क्षेत्रीय अधिवेशन
वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन
वैशाख ५ – दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन
प्रतिक्रिया 4