काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तान द्वन्द्वबारे फेरि एक पटक आफ्नो बयान दिएका छन् ।
अमेरिकी संसदलाई सम्बोधन गर्दै उनले भने, ‘पाकिस्तान र भारतबीच आणविक युद्ध हुने थियो । पाकिस्तानका प्रधानमन्त्रीले भनेका थिए, यदि मैले हस्तक्षेप नगरेको भए ३ करोड ५० लाख मानिसहरू मारिने थिए ।’
आफ्नो सम्बोधनको क्रममा ट्रम्पले अन्य देशहरूमा भएका द्वन्द्वहरूको पनि उल्लेख गरेका छन् । उनले आफ्नो कार्यकालको पहिलो १० महिनामा ८ युद्ध समाप्त गरेको बताए ।
अमेरिकी राष्ट्रपतिले मंगलबार अमेरिकी संसद्मा आफ्नो वार्षिक सम्बोधन गरेका हुन् । यो सम्बोधनलाई ‘स्टेट अफ द युनियन’ भनेर चिनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4