+
+
Shares

चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ

नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य रहेका छन् । उनी ७८ वर्षका भए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले चैत ११ गते राष्ट्रपति कार्यालयमा शपथ लिने भएका छन्।
  • शपथ ग्रहण कार्यक्रम चैत १२ गते दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा हुने तय भएको छ।
  • सांसदहरूले निर्वाचन आयोगको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइज फोटो ल्याउनुपर्नेछ र सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ।

६ चैत, काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले चैत ११ गते शपथ लिने भएका छन् । यसका लागि संघीय संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पत्र पठाएको छ ।

‘निर्वाचित भएकाहरूमध्येबाट ज्येष्ठ सदस्यको पहिचान गरिएको छ र ज्येष्ठ सदस्यको शपथ चैत ११ गते अनुकूल समयमा हुने गरी राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ’ संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने ।

गिरीका अनुसार संसद् सचिवालयले शुक्रबार ज्येष्ठ सदस्यको पहिचान गरेको हो ।

नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य रहेका छन् । उनी ७८ वर्षका भए ।

ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिसँग शपथ लिएपछि बाँकी सदस्यहरूलाई शपथ गराउनेछन् । बाँकी सदस्यहरूको शपथ चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको छ ।

शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुनेछ ।

शपथ ग्रहणका लागि निर्धारित समयभन्दा दुई घण्टा अगावै आउन भनिएको छ ।

शपथ ग्रहणमा जाँदा सांसदहरुले केही कागजपत्रसमेत लैजानुपर्ने हुन्छ । सचिवालयले जारी गरेको सूचनामा लेखिएअनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको भनेर दिएको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपी) र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति ल्याउन भनिएको छ ।

शपथ ग्रहणमा जाँदा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन संसद् सचिवालयले भनेको छ ।

नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनेले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अघि नै संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने हुन्छ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?