+
+
Shares

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ मा गराउने तयारी

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा गराउने तयारी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ चैत १२ मा गराउने तयारी भएको छ।
  • निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई बिहीबार प्रमाणपत्र दिनेछ।
  • २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा दल राष्ट्रिय दलको रुपमा आएका छन्।

४ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा गराउने तयारी भएको छ ।

समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई बिहीबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिँदैछ । बिहीबार नै निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी पनि छ । यसको जानकारी आयोगले संघीय संसद् सचिवालयलाई पनि गराउँछ ।

निर्वाचन आयोगबाट जानकारी प्राप्त भएसँगै शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार यी लगायतका विषय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल समेत गरिँदैछ ।

‘निर्वाचन आयोगबाट चैत ५ गते निर्वाचन प्रतिवेदन प्राप्त भयो भने भोलिपल्टको पत्रिकामा शपथको सूचना निकाल्ने गरी तयारी गरिरहेका छौं’ गिरीले भने ।

उनका अनुसार चैत १२ गते शपथ गराउने तयारी छ । उनले भनेका छन्, ‘१२ गते शपथ गराउने तयारी छ । यो विषयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छलफल हुन्छ ।’

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् । १६२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दलको रुपमा आएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, ३५ सिटसहित एमाले दोस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रुपमा रहेका छन् ।

यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दलको रुपमाा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?