+
+
Shares

निर्वाचन समीक्षा प्रतिवेदन तयार पार्न खोटाङ कांग्रेसले बनायो समिति

खोटाङमा कांग्रेस उम्मेदवार वीरकाजी राई पराजित भएपछि समीक्षा प्रतिवेदन तयार पार्ने प्रस्ताव अघि सारिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस खोटाङले फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्न उपसभापति तीर्थराज भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
  • समितिमा जिल्ला सदस्य श्यामकुमार राई र तरुण दलका जिल्ला अध्यक्ष काजीमान राईलाई चयन गरिएको छ र समितिलाई २० दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ।
  • निर्वाचनमा कांग्रेस उम्मेदवार वीरकाजी राई पराजित भएपछि पार्टीले घात-अन्तर्घात पहिचानमा विशेष जोड दिँदै क्षेत्रीय, नगर र गाउँ पालिका समितिलाई १५ दिनभित्र समीक्षा गर्न निर्देशन दिएको छ।

४ चैत, खोटाङ । नेपाली कांग्रेस खोटाङले निर्वाचन समीक्षा प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनको सन्दर्भमा उपसभापति तीर्थराज भट्टराईको संयोजकत्वमा चैत ३ गते तीन सदस्यीय समिति गठन गरिएको हो ।

प्रतिबेदन समितिको सदस्यमा जिल्ला सदस्य श्यामकुमार राई र तरुण दलका जिल्ला अध्यक्ष काजीमान राईलाई चयन गरिएको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए ।

चैत ३ गते बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले निर्वाचन समीक्षा प्रतिवेदन तयार गर्न समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई २० दिनभित्र समीक्षा प्रतिवेदन पेस गर्ने समय दिइएको छ ।

खोटाङमा कांग्रेस उम्मेदवार वीरकाजी राई पराजित भएपछि समीक्षा प्रतिवेदन तयार पार्ने प्रस्ताव अघि सारिएको हो ।

यस्तै, निर्वाचनको समयमा पार्टीका नेता तथा कार्यकर्ताको भूमिका, योगदान र गतिविधिहरुको सुक्ष्म समिक्षा गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न क्षेत्रीय, नगर र गाउँ पालिका समितिलाई निर्देशन दिइएको सभापति राईले बताए ।

प्रतिवेदनमा निर्वाचनका समयमा भएको घात-अन्तर्घातलाई पहिचानका लागि विशेष जोड दिइने कांग्रेसले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?