+
+
Shares

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बोलाएको छ।
  • कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक आह्वान गरेको जानकारी दिए।
  • बैठकमा २१ फागुनमा भएको निर्वाचनको समीक्षा हुने अपेक्षा गरिएको छ।

४ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । यद्यपि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा गरेको छैन ।

यसअघि बसेको कार्यसम्पादन बैठकपछि नेताहरूले अब बस्ने बैठकमार्फत समीक्षा गर्ने बताएका थिए । उक्त बैठकले समानुपातिक सांसदहरू छनोट गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?