News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगन कुमार थापासँग देउवालाई टिकट नदिनुको कारण सोधेका छन्।
- शाहले २३ र २४ वैशाखमा भएको देउवा र आरजु राणामाथि आक्रमण स्वभाविक हो कि अस्वभाविक भनेर प्रश्न गरे।
- उनले कांग्रेसलाई एकताबद्ध बनाउन गगन थापालाई जिम्मेवार ठहराउँदै आगामी १० वर्षसम्म सभापति बन्नुपर्ने बताए।
२६ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगनकुमार थापासँग प्रश्न गरेका छन् ।
कांग्रेसको जरा अभियानको क्रममा शनिबार धनगढीमा भएको सभामा सम्बोधन गर्दै उनले उनले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएको लगायतका विषयमा प्रश्न गरे ।
‘२३ र २४ गतेको शेरबहदुर देउवा र आरजु राणामाथि भएको आक्रमण स्वभाविक हो कि अस्वभाविक हुन् ? शेरबहादुर देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक ? त्यो भन्नुपर्छ,’ उनले सभापति थापासमक्ष भने ।
देउवालाई टिकट दिनबाट बञ्चित गराइनुको कारण सोध्दै उनले अब देउवाको स्थान के हुने ? भन्नेबारे पनि प्रश्न गरे ।
गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति नभएको बताउँदै सिंगो कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी पनि सभापति थापाकै काँधमा रहेको उनको भनाइ छ ।
‘अबको १० बर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ तर, तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन् तिनले तपाईंलाई समाप्त पार्नसक्छन्,’ उनले भने ।
साथै, उनले सिंगो नेपाली कांग्रेसलाई एक बनाएर अघि बढ्न सुझाव पनि दिए ।
प्रतिक्रिया 4