+
+
Shares

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादागिरी चल्नुहुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको भन्दै थापाले प्रधानमन्त्रीले कम्प्लेटली त्यसको धज्जी उडाएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको टिप्पणी गरे।
  • थापाले संविधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादागिरी चल्नुहुँदैन भनेर संविधानमा व्यवस्था गरिएको र त्यसको कम्प्लेटली धज्जी उडाइएको बताए।
  • उनले भने, \'संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादा गरी चल्नु हुँदैन भनेर शब्दै लेखिएको छ।\'

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा कांग्रेस सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादागिरी चल्नुहुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको भन्दै थापाले प्रधानमन्त्रीले कम्प्लेटली त्यसको धज्जी उडाएको बताएका हुन् ।

उनले भने, ‘संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादा गरी चल्नु हुँदैन भनेर शब्दै लेखिएको छ । सरकारका प्रमुखले जबरजस्ती गर्ने भएकोले उसको नियन्त्रण गर्नका लागि संवैधानिक परिषद् बनाइएको छ भनेर लेखिएको छ । त्यसको कम्प्लेटली धज्जी उडाइएको छ ।’

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोज शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो  । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?