+
+
Shares

गगन–विश्व र पूर्णबहादुरबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २३ वैशाखमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग गल्फुटारस्थित निवासमा भेट गरेका छन्।
  • सभापति थापा उपसभापति विश्वप्रकाश शर्माका साथ बिहान ११ बजे खड्का निवास पुगेका थिए र साढे १ घण्टा कुराकानी भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिए।
  • सभापति थापाले ६ वैशाखमा पनि खड्कासँग भेट गरेका थिए तर भेटवार्ताबारे अहिलेसम्म केही खुलाइएको छैन।

२३ वैशाख, काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । सभापति थापा खड्कासँग भेट गर्न उनको गल्फुटारस्थित निवास पुगेका हुन् ।

सचिवालयका अनुसार सभापति थापा बिहान ११ बजे उपसभापति विश्वप्रकाश शर्माका साथ खड्का निवास पुगेका थिए । उनीहरू बीच साढे १ घण्टा कुराकानी भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिए ।

यसअघि मंगलबार बेलुकी हुने भनिएको नेतात्रयबीचको भेटघाट अन्तिम समयमा स्थगित भएको थियो । त्यसअघि सभापति थापाल् बिहान नेता डा. शेखर कोइरालासँग भेट गरेका थिए ।

सभापति थापाले ६ वैशाखमा पनि गल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेटघाट गरेका थिए । दुई नेताबीच भएको भेटवार्ताबारे अहिलेसम्म केही खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?