+
+
Shares

सत्य लेखेकै भरमा डराउनु नपर्ने वातावरण बनाउनु सबैको दायित्व : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते ९:२६

२० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले स्वतन्त्र र निर्भय प्रेसलाई लोकतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा अर्थ्याएका छन्।

‘लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो। तर आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ,’ उनले लेखेका छन् ।
बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले भनेका छन्, ‘कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान व्यक्त गर्दछु।’

प्रेस स्वतन्त्रतालाई कुनै व्यक्ति वा संस्थाको विरुद्धमा हुने प्रहारका रूपमा नबुझी नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षाका रूपमा लिनुपर्नेमा उनले जोड दिएका छन्।

सभापति थापाले सम्पूर्ण सञ्चारकर्मीहरूलाई विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामनासमेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?