News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ वैशाखमा नेता डा. शेखर कोइरालासँग बिहान १० बजे भेट गर्ने तयारी गरेका छन्।
- सभापति थापाले बेलुका ५ बजे निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग उपसभापति विश्वप्रकाश शर्मासहित भेट गर्ने स्रोतले जनायो।
- थापाले ६ वैशाखमा गल्फुटारस्थित निवासमा खड्कासँग भेटघाट गरिसकेको छ।
२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग आज भेट्दैछन् ।
नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिए ।
स्रोतका अनुसार कोइरालासँग बिहान १० बजे र खड्कासँग बेलुका ५ बजे भेटघाट हुने सम्भावना छ । यद्यपि भेटको समय र स्थान भने औपचारिक रुपमा खुलाइएको छैन ।
कोइरालासँग थापाले एक्लै भेट्ने र खड्कासँग उपसभापति विश्वप्रकाश शर्मासहित भेट्ने स्रोतले जनायो ।
यसअघि ६ वैशाखमा सभापति थापाले गल्फुटारस्थित निवास पुगेर खड्कासँग भेटघाट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4