News Summary
Generated by OK AI. Editorially reviewed.- नेविसंघ नेतृत्वका आकांक्षीहरूले कांग्रेस सभापति गगनकुमार थापालाई राजनीतिक प्रोफाइल बुझाउने कार्यक्रम तय भएको छ।
- कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २१ वैशाखको बैठकले भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन हुने निर्णय गरेको थियो।
- सभापति थापालाई अधिवेशन नभएका भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिइएको छ।
२५ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ ) को नेतृत्वका आकांक्षीहरूले मातृ पार्टी नेपाली कांग्रेससमक्ष ‘राजनीतिक प्रोफाइल’ बुझाउने भएका छन् ।
पार्टीले गठन गर्न लागेको नेविसंघको केन्द्रीय कार्यसमितिको नेतृत्वका आकांक्षीहरूले आज (शुक्रबार) कांग्रेस सभापति गगनकुमार थापालाई ‘राजनीतिक प्रोफाइल’ बुझाउने भएका हुन् ।
नेतृत्वका आकांक्षीमध्येका एक विद्यार्थी नेता विकल राईले दिउँसो १ बजे पार्टी कार्यालय गएर सभापति थापालाई ‘राजनीतिक प्रोफाइल’ बुझाउने कार्यक्रम रहेको जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २१ वैशाखमा बसेको बैठकले म्याद थप्ने निर्णय नगरेपछि नेविसंघसहित पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका थिए ।
केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् ।
कार्यसम्पादन समिति बैठकले सभापति थापालाई अधिवेशन नभएका सबै भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया 4