+
+
Shares

धनगढीमा कांग्रेसको भेला सुरु, डेढ मिनेटमै सकियो आसन ग्रहण

प्राय: राजनैतिक दलहरूको सार्वजनिक कार्यक्रममा आसन ग्रहणमै लामो समय खर्चिने गर्छन् । कांग्रेसले त्यो परम्परालाई तोड्ने प्रयास गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १४:५१

२६ वैशाख, धनगढी । नेपाली कांग्रेसको सुदूपश्चिम प्रदेश स्तरीय भेला धनगढीमा सुरु भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यो भेलाको आयोजना गरेको हो ।

प्रतिष्ठानको संयोजक उपसभापति विश्वप्रकाश शर्मा छन् । भेलामा कांग्रेस सभापति गगन थापा पनि सहभागी छन् । उनी सभापति भइसकेपछि पहिलो पटक सुदूरपश्चिम पुगेका हुन् ।

प्रदेश र स्थानीय तहलाई केन्द्रीत गरेर प्रतिष्ठानले सबै प्रदेशमा यसैगरी दुई दिने भेलाको आयोजना गरिरहेको छ । धनगढीमा पनि आज र भोलि गरेर दुई दिन भेला चल्नेछ ।

डेढ मिनेटमै आसन ग्रहण

कांग्रेसको यो भेलामा आसन ग्रहण डेढ मिनेटमै सकिएको छ । प्राय: राजनैतिक दलहरूको सार्वजनिक कार्यक्रममा आसन ग्रहणमै लामो समय खर्चिने गर्छन् । कांग्रेसले त्यो परम्परालाई तोड्ने प्रयास गरेको जनाएको छ ।

कार्यक्रमको सभापतिका रूपमा प्रदेश प्रतिष्ठानका प्रमुख जनकराज चौधरी र प्रमुख उपस्थितिका रूपमा सभापति गगन थापालाई आसन ग्रहण गराएपछि बाँकीलाई एकमुस्ट आसन ग्रहण गराइएको थियो ।

तस्वीरहरूः 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?