+
+
Shares

मीन विश्वकर्माको आरोप- कांग्रेस जित्छ भनेर आयोगले चुनावको मुखमा झगडा लगाइदियो

अब यो विवादमा सर्वोच्च अदालतले जे फैसला दिन्छ त्यही सबैलाई मान्य हुने उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १८:१२

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको निर्वाचन आयोगले चुनावका मुखमा कांग्रेसभित्र झगडा लगाइदिएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले कांग्रेस जित्छ भनेर आयोगले पार्टीभित्र झगडा लगाइदिएको आरोप लगाएका हुन् ।

‘निर्वाचन आयोगले बद्नियतपूर्ण ढंगले कांग्रेस कतै जित्छ कि, कतै पहिलो पार्टी हुन्छ कि भनेर चुनावका मुखमा झगडा लगाइदियो,’ विश्वकर्माले भने, ‘किनभने बढी सम्भावना कांग्रेसको थियो ।’

त्यो झगडापछि आफूहरूले चुनाव चिन्ह रुखबारे विवाद रहेको कुरा भनिरहेको बताए । ‘त्यो झगडापछि हामीले के भन्यौँ भने अहिले रुख चिन्हका बारेका विवाद छ । कांग्रेसको आधिकारिक केन्द्रीय कार्यसमितिका बारेमा विवाद छ । विवाद छ है भनेर अदालतमा मुद्दा राखौँ । मुद्दा राखिसकेपछि अहिले एउटै चुनाव चिन्ह कायम गरेर जाऔँ भनेर गयौँ,’ उनले भने ।

पूर्व सभापति शेरबहादुर देउवाले पार्टी फुटेको अर्थ नलागोस् भनेर चुनावमा धारणा नदिएको पनि विश्वकर्माले दाबी गरे । उनले भने, ‘अहिले सभापति गगन थापा भनेर टिकट बाँड्नुभएको छ । अर्को सभापति भनेर देउवाजीले विज्ञप्ति निकाल्दा फुटेको अर्थ लाग्छ भन्ने भयो ।’

अब यो विवादमा सर्वोच्च अदालतले जे फैसला दिन्छ त्यही सबैलाई मान्य हुने उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?