+
+
Shares

आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १२:३०

२८ फागुन, काठमाडौं । निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ ।

रउम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।

यसअघि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ । सुरुमा भने उनलाई प्रमाणपत्र उपलब्ध गराइएको थिएन । निर्वाचित भएको घोषणा नगरेपछि नेकपाले विरोध जनाएको थियो ।

निर्वाचन आयोगले उम्मेदवारी खारेज भइसकेकोले किशोरी साहको मत नै वेबसाइटमा अद्यावधिक गरेको छैन । उनको मत  अद्यावधिक नभएपछि यादव नै पहिलो स्थानमा आएकोले उनलाई घोषणा गरेको हो ।

कालो सूचीमा रहेको भेटिएपछि निर्वाचन आयोगले रास्वपाका साहको उम्मेदवार खारेज गरेको थियो । तर, उनी लगत्तै अदालत गएका थिए । उनीबारे अदालतले शुक्रबार निर्णय गर्दैछ ।

यससँगै आयोगले १६५ क्षेत्रकै मतपरिणामसहित विजेता घोषणा गरिसकेको छ । समानुपातिकको मतपरिणाम पनि गणना सकिएको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?