+
+
Shares

आगामी प्रदेश र स्थानीय तहको चुनावमा ई-भोटिङको व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १९:१२

२० चैत, काठमाडौं । कर्णालीका युवाहरुले आउँदो प्रदेश र स्थानीय तहको चुनावमा ई– भोटिङको व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गरेका छन् ।

यसका लागि उनीहरूले निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी भेटेर ज्ञापनपत्र दिएका छन् ।

ज्ञापनपत्रमा नेपालभित्रै रहेका लाखौँ नागरिकहरू मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेको उल्लेख छ ।

युवा समूहका संयोजक आशिष देवकोटाले समस्या केवल विदेशमा रहेका नेपालीसँग मात्र सम्बन्धित नभई देश भित्रै रहेका नागरिकहरूमा समेत बढी गम्भीर देखिएको बताए ।

उनका अनुसार मुगु, डोल्पा, जुम्ला, बाजुरा र हुम्ला जस्ता दुर्गम जिल्लाका नागरिकलाई मतदान गर्न काठमाडौं तथा तराईका जिल्लाहरूबाट आउन जान मात्र प्रति व्यक्तिलाई २५–३० हजार रुपैयाँसम्म खर्च लाग्ने अवस्था छ ।

जसले गर्दा धेरै नागरिक व्यावहारिक रूपमा मतदान प्रक्रियाबाट बाहिरिएको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?