News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले समानुपातिकतर्फ राष्ट्रिय दल बनेका ६ दलमा सांसद संख्या टुंगो लगाएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टी र राप्रपाले ४-४ सांसद पाउनेछन्।
- आयोगले तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम छनोट गरी पेस गर्न दलहरूलाई जानकारी गराइसकेको छ।
२८ फागुन, काठमाडौं । निर्वाचन आयोगले आधिकारिक रुपमा समानुपातिकतर्फ दलगत रुपमा सांसदहरूको संख्या टुंगो लगाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी राष्ट्रिय दल बनेका ६ दलमा कुनले कति सांसद पाउँछन् भन्नेबारे जानकारी गराएका हुन् ।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टी र राप्रपाले समान ४/४ सांसद पाउने भएका हुन् ।
आयोगले समानुपातिकतर्फका सांसदका लागि तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी पेस गर्न सम्बन्धित दलहरूलाई जानकारी गराइसकेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4