News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलका रक्षामन्त्री कात्जले इरानका इन्टेलिजेन्स मिनिस्टर इस्माइल खातिब मारिएको दाबी गरेका छन्।
- कात्जले भने, 'पछिल्लो रात इरानका इन्टेलिजेन्स मिनिस्टर खातिबलाई पनि समाप्त गरिदिएका छौं।'
- इरानले इजरायलको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन र खातिबलाई सन् २०२१ मा मन्त्री नियुक्त गरिएको थियो।
४ चैत, काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल कात्जले इरानका इन्टेलिजेन्स मिनिस्टर (गुप्तचरमन्त्री) इस्माइल खातिब मारिएको दाबी गरेका छन् ।
उनले गएराति इरानका मन्त्री खातिब मारिएको दाबी गरेका हुन् । कात्जको बयान उद्धृत गर्दै बीबीसीले समाचारमा उल्लेख गरेको छ, ‘पछिल्लो रात इरानका इन्टेलिजेन्स मिनिस्टर खातिबलाई पनि समाप्त गरिदिएका छौं ।’
त्यस्तै अल जजिराले पनि इजरायलका रक्षामन्त्री कात्जले इरानका गुप्तचरमन्त्री खातिबको हत्या गरिएको दाबी गरेको समाचार प्रकाशित गरेको छ । इजरायली सैन्य विश्लेषकहरूका अनुसार खतिब इरानका नयाँ सर्वोच्च नेतासँग नजिक रहेका व्यक्ति थिए ।
तर, इरानले इजरायलको पछिल्लो दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन । खातिबलाई पूर्व राष्ट्रपति इब्राहिम रइसीले सन् २०२१ मा मन्त्री नियुक्त गरेका थिए ।
उनले कयौं ठूला धर्मगुरुसँग इस्लामी कानुनको पढाइ गरेका थिए । जसमा इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई पनि पर्दछन् ।
सन् २०२२ मा अमेरिकाको वित्त (अर्थ) मन्त्रालयले खातिबलाई अमेरिका र उसका सहयोगीविरुद्धको साइबर गतिविधिमा सहभागी रहेको भन्दै प्रतिबन्ध गरेका थियो ।
प्रतिक्रिया 4