+
+
Shares

इरानको परमाणु ऊर्जा संयन्त्रमा खसालियो ‘प्रोजेक्टाइल’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते ८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले बुशेहरमा रहेको परमाणु ऊर्जा संयन्त्रमा प्रोजेक्टाइल खसेको सूचना अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीलाई दिएको छ।
  • संयन्त्रमा कुनै क्षति र कर्मचारी घाइते भएको जानकारी प्राप्त नभएको आईएईएले जनाएको छ।
  • आईएईएका महानिर्देशक रफाएल ग्रोसीले परमाणु दुर्घटनाको जोखिम घटाउन संयमता अपनाउन अपील गर्नुभएको छ।

४ चैत, काठमाडौं । इरानले दक्षिण–पश्चिममा अवस्थित परमाणु ऊर्जा संयन्त्रमा एक प्रोजेक्टाइल (हतियार/क्षेप्यास्त्र) खसेको सूचना अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) लाई दिएको छ ।

परमाणु प्रविधिको रेखदेख गर्ने संयुक्त राष्ट्र संघको संस्था आईएईएले एक बयानमा इरानले मंगलबार बेलुकी बुशेहरमा रहेको परमाणु ऊर्जा संयन्त्रमा भएको उक्त घटना भएकोबारेमा जानकारी दिएको उल्लेख गरेको छ ।

तर संयन्त्रमा कुनै पनि प्रकारको क्षति र कर्मचारी घाइते भएको जानकारी प्राप्त भएको छैन ।

आईएईएका महानिर्देशक रफाएल ग्रोसीले संघर्षका दौरान बढीभन्दा बढी संयमता अपनाएर परमाणु दुर्घटनाको जोखिम घटाउन फेरि अपील गरेका छन् । उनले कुनै पनि प्रकारको परमाणु दुर्घटनाले गम्भीर मानवीय क्षति तथा वातावरणीय संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

आईएईएका महानिर्देशक रफाएल ग्रोसी

इरानको बुशेहर परमाणु ऊर्जा केन्द्र इरानको एकमात्र सञ्चालनमा रहेको रिएक्टर हो, जसलाई सन् २०११ मा पहिलोपटक राष्ट्रिय विद्युत् सञ्जालमा जोडिएको थियो ।

परमाणु हतियार विकास गर्न लागेको भन्दै अमेरिकाले सन् २०१८ देखि इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ ।

इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र ऊर्जा प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ । तर, अमेरिका र इजरायलले त्यसमा विश्वास गरेका छैनन् । सोही बहानामा अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा आक्रमण गर्न सर्वोच्च नेता अलि खामेनी लगायतका शीर्ष नेताहरुको मृत्यु भएको छ ।

यो द्वन्द्वले अमेरिका, इजरायल र इरानसँगै मध्यपूर्वका खाडी देशहरुमा समेत असर गरेको छ । इरानले इन्धन ढुवानी हुने समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द गर्दा विश्वभर आपूर्ति प्रभावित भएको छ ।

विश्लेषकहरूले यदि अमेरिका–इजरायल र इरानबीचको युद्ध थप चर्कियो भने यसले क्षेत्रीय मात्र होइन, विश्वव्यापी सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?