+
+
Shares

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते ९:१८

४ चैत, काठमाडौं । इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की दिएका छन् ।

उनले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसँगै अन्य ‘सहिद’हरूको मृत्युको बदला लिने धम्की दिएका हुन् ।

हातामीले भने, ‘सही समय र सही स्थानमा अपराधी अमेरिका र रक्तपिपासु जियोनिस्ट शासनलाई एक निर्णायक र यस्तो जवाब दिनेछौं, जुन अरूका लागि सबक बनोस् । उनीहरूलाई आफ्नो कर्मप्रति पछुतो होस् ।’

इरानले मंगलवार सचिव लारिजानीको मत्युको पुष्टि गरेको थियो । त्यसअघि इजरायलले लारिजानी मारिएको दाबी गरेको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार इरानको रिभोल्युशनरी गाड्र्स (आईआरजीसी) ले लारिजानीको मृत्युको बदलामा मध्य इजरायलमा पहिले नै मिसाइल प्रहार गरिएको बताएको छ । आईआरजीसी इरानको सेनाभन्दा अलग्गै संगठन हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?